Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए अष्ट्रेलियाद्धारा एकेडेमिक एक्सीलेन्स एवार्डको आवेदन माग, यसरी भरौँ

एनआरएनए अष्ट्रेलियाद्धारा एकेडेमिक एक्सीलेन्स एवार्डको आवेदन माग, यसरी भरौँ


ब्रीजवेन, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले एनआरएनए अष्ट्रेलिया एकेडेमिक एक्सीलेन्स एवार्डका लागि आवेदन आह्वान गरेको छ । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले विभिन्न शैक्षिक उपाधि हासिल गरेका व्यक्तिहरुलाई सम्मान गर्दै जाने नीति अन्तर्गत एक्सीलेन्स एवार्ड गर्न लागिएको जानकारी दिनुभएको हो ।

६ वटा विधामा एवार्ड प्रदान गरिने जनाइएको छ । यसरी दिइने एवार्डलाई भोकेस्नल एजुकेशन एण्ड ट्रैनिंगतर्फ कम्तिमा दुई वर्षको पढाई सकाएकाहरु, अन्डरग्राजुयट गरेकाहरु, पोष्टग्राजुयट गरेकाहरु, विद्यावारिधि गरेकाहरु, अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा महत्वपूर्ण उपलब्धी हासिल गरेकाहरु र विज्ञान विषय अध्ययनरत महिलाहरुलक्षित एनआरएन अष्ट्रेलिया महिला एवार्ड का रुपमा वितरण गर्न लागिएको छ । यी विधामा पहिलो, दोश्रो र तेश्रो हुनेहरुलाई सम्मानित गर्नुका साथै विद्यावारिधि गरेकाहरुलाई सम्मान गरिने जानकारी एनआरएनए अष्ट्रेलियाले दिएको छ ।

प्रोफेसर बेनू अधिकारीको संयोजकत्वमा प्रोफेसर प्रेम क्षेत्री, डा. मोम विश्वकर्मा, प्रज्ञा गडतौला, जोनु प्रधान सदस्य रहेको एवार्ड छनोट समिति समेत बनाइएको छ । २३ नोभेम्बर अर्थात आगामी सोमबारसम्म आवेदन दिन सकिनेछ । एनआरएन अष्ट्रेलियाले विभिन्न समयमा यस किसिमको एक्सीलेन्स एवार्ड आयोजना गरेर शैक्षिक रुपमा सफल विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै आएको छ ।

आवेदन बारेको यो जानकारी हेर्नुहोस् :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ