Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaम्याकडोनाल्डले अष्ट्रेलियाका करिब साँढे १७ हजारलाई रोजगारी दिने

म्याकडोनाल्डले अष्ट्रेलियाका करिब साँढे १७ हजारलाई रोजगारी दिने


ब्रिजवेन, अष्ट्रेलिया । आगामी ६ साताभित्र अष्ट्रेलियाका विभिन्न शहरमा म्याकडोनाल्डले १७ हजार ४ सय नयाँ कामदारलाई रोजगारी दिने भएको छ । फास्टफुड चेन म्याकडोनाल्डले सन् २०२० को अन्त्यसम्ममा फुल टाईम, पार्ट टाईम र क्याजुअल गरी १७ हजारभन्दा बढीलाई रोजगारी दिन लागेको हो । अष्ट्रेलियामा युवाहरुलाई रोजगारी दिने सबैभन्दा ठूलो कम्पनी हो ।

म्याकडोनाल्ड अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत एन्ड्रयू ग्रेगोरीले यो कठीन समयमा सकारात्मक परिवर्तन गर्ने आफुहरुको प्रयास रहेको जानकारी दिनुभयो । कोरोना महामारी रोकथामका लागि गरिएको कडा लकडाउनकन कारण अष्ट्रेलियनहरुले आर्थिक कठीनाईको सामना गर्नु परिरहेको छ । सरकारी राहत प्राप्त भएपनि अस्थायी भिसामा रहनेहरुका लागि यो समय कष्टपूर्ण बनेको भन्दै म्याकडोनाल्डले आफुहरुकोमा काम गर्नेहरुको वृत्ति विकासमा समेत ध्यान दिँदै आएको र तालिम लगायत प्रदान गरिने जनाएको छ ।

राज्य अनुसार यसरी रोजगारी दिदैछ म्याकडोनाल्डले
न्यूसाउथवेल्स – ५ हजार ५ सय
क्वीन्सल्याण्ड – ४ हजार ७ सय
भिक्टोरिया – ४ हजार ६ सय
वेष्टर्न अष्ट्रेलिया – १ हजार ३ सय ८०
साउथ अष्ट्रेलिया – ८ सय २०
तास्मानिया – १ सय ८०
अष्ट्रेलियन क्यापिटल टेरेटोरी – १ सय २०
नर्दन टेरेटोरी – १ सय २०



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ