Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराष्ट्रपति ट्रम्पले किन फिर्ता बोलाए अफगानिस्तान र इराकमा रहेका अमेरिकी सैनिक ?

राष्ट्रपति ट्रम्पले किन फिर्ता बोलाए अफगानिस्तान र इराकमा रहेका अमेरिकी सैनिक ?


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएसँगै चौतर्फी चासो बढेको छ । पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न निर्देशन दिएका हुन् ।

अमेरिकाका कार्यबाहक रक्षामन्त्री क्रिस्टोफर मिलरले जनवरी महिनाको मध्यसम्ममा अफगानिस्तानबाट २ हजार ५०० र इराकबाट पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न आएको जानकारी दिनुभयो । केही समय अघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट मार्फत आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसकिने खुलाशा गरेका थिए । वरिष्ठ सैनिक र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले नै अहिले नै हतार गरेर अफगानिस्तान र इराकबाट अमेरिकी सैनिकको संख्या कटौती गर्न नहुने अडान राख्दै आएका छन् ।

यता, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई हतार हतार स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी नै दिएका छन् । अफगानिस्तान अझै पनि अन्तर्राष्ट्रिय आतङ्कवादीको केन्द्रका रुपमा रहने सम्भावना रहेको बताउँदै यहाँबाट पश्चिमा देशभित्र आक्रमणका योजना बन्न सक्नेतर्फ अधिकांशले चिन्ता व्यक्त गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ