Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलवर्नमा बन्यो, चन्द्र सूर्य अंकित मेरो देश

मेलवर्नमा बन्यो, चन्द्र सूर्य अंकित मेरो देश


ब्रिजवेन, अष्ट्रेलिया । भिक्टोरियाकालागि नेपाली महावाणिज्यदूत कार्यालयले आफ्नो १२ औँ वार्षिकोत्सव र छठ पर्वको अवसर पारेर चन्द्र सूर्य अंकित मेरो देश बोलको राष्ट्रिय गीत सार्वजनिक गरेको छ । पत्रकार तथा साहित्यकार निरु त्रिपाठीको शब्द, वरिष्ठ संगितकार न्ह्यू बज्राचार्यको संगीत र नेपाल आइडल सिजन २ को प्रतियोगी तथा अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको स्वरमा रहेको राष्ट्रिय गीत आज सार्वजनिक गरिएको हो ।

जिवन रसाईलीले निर्देशन गरेको गीतको अधिकांश छायांकन मेलवर्नमै गरिएको छ । गीतमा मेलवर्नकै नव कलाकारहरु समृद्धि शाम हाडा, राहुल गजमेर तथा नेपाली समुदायका अन्य भाईबहिनीहरुको अभिनय देख्न सकिन्छ । देशभक्तिको गीत सार्वजनिक गर्दै महावाणिज्यदूत चन्द्र योन्जनले नेपाली भाषा, संस्कृति, तथा पर्यटन व्यवसायको प्रवर्धनमा भुमिका खेलेको कार्यालयले नेपाली गीत संगीतको समेत प्रवर्धन गर्नुपर्छ भन्ने सोचले गीत प्रस्तुत गरिएको बताउनुभयो । महावाणिज्यदूत कार्यालयले हरेक वर्ष भिक्टोरियामा विभिन्न कार्यक्रम मार्फत नेपालको पर्यटन प्रवर्धन गर्दै आएपनि यसपाली कोरोनाको महामारीले त्यो सम्भव नहुँदा संगीतबाट देशको प्रवर्धन गरौँ भनेर राष्ट्रिय गीत निकालेको उहाँले बताउनुभयो । हामी संसारमा जहाँ जसरी रहेपनि मातृभूमीको माया र महत्व सधै विशेष रहने महावाणिज्यदूत योन्जनको भनाई थियो ।

विदेशमा बसिरहँदा पनि स्वदेशलाई महसुस गरेर राष्ट्रिय गीत लेख्दा मनलाई एमदमै आनन्द लाग्ने गरेको गीतकी रचनाकार नीरु त्रिपाठीले बताउनुभयो । महावाणिज्यूत कार्यालयको जनसम्पर्क अधिकृत तथा सचिव समेत रहनुभएकी गीतकार त्रिपाठीको बजारमा आएको यो दोश्रो गीत हो । देशभक्तिले ओतप्रोत भएको यस गीत महावाणिज्यदूत कार्यालयले आफ्नो देश नेपाल, विश्वको हरेक कुनामा बस्ने समस्त नेपालीहरु र नेपालीलाई माया गर्ने सबै शुभचिन्तकहरुप्रति समर्पित गरेको जनाएको छ ।

(15) MERO NEPAL- ASMITA ADHIKARI | NIRU TRIPATHI | NHYOO BAJRACHRYA | JEEWAN RASHAILI – YouTube

 

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ