Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडिसेम्बर १५ सम्म नेपाल आउन अनअराइभल भिषा मात्रै, यस्ता व्यक्तिले पाउँछन सुविधा

डिसेम्बर १५ सम्म नेपाल आउन अनअराइभल भिषा मात्रै, यस्ता व्यक्तिले पाउँछन सुविधा


काठमाडौं । कोरोना महामारि रोकथामका लागि भन्दै नेपालको अन्तर्राष्ट्रिय सीमाना डिसेम्बर १५ सम्म बन्द गरिएको छ । यहि प्रतिबन्धले सबै प्रवेश विन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट हुन सक्ने यात्रुको आवागमन निषेध गरेको छ । तर, कतिपय गैरआवासीय नेपाली र विदेशी नागरिक भने विभिन्न सुविधाको उपयोग गर्दै नेपाल आउने तथा जाने गरिरहेका छन् ।

अध्यागमन विभागका अनुसार नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तराष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत विदेशी र उनीहरुको परिवारलाई अनअराइभल भिषा मार्फत यस्तो सुविधा दिइएको हो । यसबाहेक नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारले समेत यस्तो सुविधा पाएका छन् । विभागका अनुसार यी विदेशी नागरिकले सहज रुपमा निर्वाध नेपाल आउन भने पाउँदैनन् । उनीहरुको ७२ घण्टा भित्रको पिसिआर परिक्षणमा कोरोना नेगेटिभ भएको प्रमाणसमेत साथमै ल्याउनु पर्ने भएको छ । पिसिआर रिर्पोट नेगेटिभ आएका अभिभावकसँगै आउने ५ वर्षभन्दा मुनीका बालबालिकाको हकमा भने पिसिआर अनिवार्य छैन ।

पर्यटक र विदेशी नागरिकलाई संस्थागत सिफारिस आवश्यक
नेपालमा विभिन्न आयोजनामा काम गर्ने कामदार तथा घुमफिरका लागि आउने पर्यटकले भने संस्थागत सिफारिसमा मात्र नेपाल आउन पाउँनेछन् । अध्यागमन विभागका अनुआर यस्ता विदेशी नागरिकले नेपाल आउनु अगाडी गृह वा पर्यटन मन्त्रालय तथा विदेशी कुटनीतिक नियोगबाट पूर्वस्वीकृति र सिफारिस लिनु पर्ने भएको छ ।

पूर्वस्वीकृति पाएको प्रमाणपत्र र राहदानी बोकेर आएको अवस्थामा मात्र प्रवेश बिन्दुमै भिषा प्राप्त गर्ने विभागले जानकारी गराएको छ । यसरी आउने विदेशी र पर्यटकले समेत स्वास्थ सम्बन्धी प्रावधानको अनिवार्य पालना गर्नुपर्ने सर्त राखिएको छ । ७२ घण्टायताको पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य समेत अनिर्वाय गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ