Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडिसेम्बरबाट दक्षिण अष्ट्रेलिया र भिक्टोरियाबीचको सीमा प्रतिबन्ध हट्ने

डिसेम्बरबाट दक्षिण अष्ट्रेलिया र भिक्टोरियाबीचको सीमा प्रतिबन्ध हट्ने

मध्यरातीदेखी दक्षिण अष्ट्रेलियाका नागरिकलाई भिक्टोरिया प्रवेशमा छुट


ब्रिजवेन, अष्ट्रेलिया । दक्षिण अष्ट्रेलियाले डिसेम्बरबाट भिक्टोरियासँग कायम रहेकोसीमा प्रतिबन्ध हटाउने भएको छ । दक्षिण अस्ट्रेलियाका प्रिमियर स्टीभन मार्शलले डिसेम्बर १ बाट प्रतिबन्ध फुकुवासँगै भिक्टोरियनहरू आफ्नो राज्यमा स्वतन्त्र रूपमा यात्रा गर्न पाउने बताउनुभएको हो ।

दक्षिण अस्ट्रेलियाले अहिले कोभिड–१९ प्रकोपको सामना गरिरहेको छ । भिक्टोरियाले मध्यरात्रिदेखि दक्षिण अस्ट्रेलियाका बासिन्दाहरूको लागि अनुमति प्रणाली लागू गर्न खोजेकै समयमा सीमा प्रतिबन्ध खुलाउने मिति सार्वजनिक भएको छ । आज मध्यरातीदेखी दक्षिण अस्ट्रेलिया नागरिकहरुले किनमेल वा चिकित्सा सेवा जस्ता खास कारणका लागि भिक्टोरिया प्रवेश पाउने छन् । दुईदिन अघि मात्रै भिक्टोरियाले दक्षिण अष्ट्रेलियामाथी कडा प्रतिबन्ध लगाएको थियो ।

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूसँगको सम्वादपछि सीमा प्रतिबन्धको फुकुवा तथा आवागमन सहज गर्ने निर्णय लिइएको बताइएको छ । Photo : thenewdaily.com.au



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ