Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainment१० वर्षको उमेरमै यौन हिंसामा परेको भारतीय गायिका नेहा बशिनको खुलासा

१० वर्षको उमेरमै यौन हिंसामा परेको भारतीय गायिका नेहा बशिनको खुलासा


एजेन्सी, काठमाडौं । भारतीय गायिका नेहा बशिनले आफु जीवनमा धेरै पटक यौन हिंसामा परेको बताएकी छिन् । आएएनएससँगको अन्तर्वार्ताका क्रममा बशिनले यस्तो खुलासा गरेकी हुन् ।

बशिनले बाल्यकालमा र हरिद्वार जाँदा १० वर्षको उमेरमा नै आफूले यौन हिंसा भोगेको खुलाईन । उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘म १० वर्षकी हुँदा भारतको एक धार्मिकस्थल हरिद्वारमा थिए । मेरी आमा केही पर भएको बेला एक जना व्यक्तिले ममाथि दुर्व्यवहार गरे । ती व्यक्तिको हर्कतबाट डराएर म भागेँ । त्यसपछि पनि पटक पटक ममाथि दुर्व्यवहार भइरहे । त्यतिबेला लाग्थ्यो यी सबै दुर्व्यवहार मेरै गल्तीका कारण भएका हुन् ।’

विगतमा प्रत्यक्ष हुने दुर्व्यवहार अहिले सामाजिक सञ्जालमार्फत हुने गरेको उनले बताएकी छिन् । बशिनले यस्तो क्रियाकलापलाई आतंकवादको संज्ञा दिदै कसैले नराम्रो काम गरेको छ भने त्यस्तो काममाथि आवाज उठाउन सुझाव दिएकी छिन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ