Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडा. बाबुराम भट्टराई र पत्नी हिसिला एक महिनापछि कोरोनामुक्त

डा. बाबुराम भट्टराई र पत्नी हिसिला एक महिनापछि कोरोनामुक्त


काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमी करिब १ महिनापछि कोरोनामुक्त हुनुभएको छ । भट्टराईले आइतबार साँझ ट्वीट गरेर आफूहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभएको हो ।

‘एक महिनापछि कोभिड–१९ सँग हामी दुबैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो। यो युद्धविराम हो, विजय हैन । यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रुपमा जित्नु पर्छ । अतः सबैले नियमित सुरक्षा विधि जारी राखौँ! शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद!,’ भट्टराईले ट्वीटरमा लेख्नुभएको छ ।

भट्टराई दम्पतीलाई एक महिनाअघि कार्तिक ८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ