Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबालुवाटार ललिता निवास प्रकरणमा मुछिएका पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटे

बालुवाटार ललिता निवास प्रकरणमा मुछिएका पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटे


काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेलेको अभियोग लागेका पूर्वमन्त्री चन्द्रदेव जोशी साधरण तारिखमा छुटेका छन् । विशेष अदालतको म्यादअनुसार सोमबार अदालत उपस्थित भएका जोशीलाई न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले साधरण तारिखमा रिहा गर्न आदेश दिएको हो ।

सादगी जीवन शैलीका नेता जोशी नेकपा संयुक्तका तर्फबाट तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारमा २०६९ जेठमा जम्मा १२० दिन भूमीसुधार मन्त्री बनेका थिए । मन्त्रिपरिषदमा आएको फाइललाई सदर गरेकै आधारमा जोशीलाई आयोगले ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । आयोगले जोशीसहित पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादार, त्यस्तै पूर्वमन्त्री डम्बर, तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो । यीमध्ये ६५ जनालाई जग्गा फिर्ता प्रयोजनको मुद्दा हालिएको छ । पूर्वमन्त्री मध्ये जोशी पहिला अदालत उपस्थित भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयो ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा अख्तियारले थप छानबिन गरेर ललिता निवास जग्गा प्रकरणको मुद्दा चलाउँदै आएको छ । बालुवाटरको प्रधानमन्त्री निवाससँगै जोडिएको ११३ रोपनीभन्दा बढी सरकारी जग्गा मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गरेको अभियोग लागेकाहरुमाथी अख्तियारले अहिलेपनि छाविन जारी राखेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ