Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसामूहिक बलात्कारपछि हत्या प्रयास

सामूहिक बलात्कारपछि हत्या प्रयास


काठमाडौं, धनुषा । धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो ।

पीडितले बलात्कारको घटनार बारे उजूरी गर्ने बताएसँगै बलात्कारीले झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए । झुण्डयाएर भागेको केहीबेरमै गाउँकै एकजनाले देखेर उद्वार गरेको पीडित महिलाले बताएकी छिन् । घटना गत कात्तिक ३ गतेको भए पनि एक महिनापछि सोमबार साँझ मात्र बाहिर आएको छ । पीडितको अहिले एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको उपचाररत चिकित्सकहरुले बताएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ गरेको प्रहरीले अर्का फरार व्यक्तिको खोजी जारी राखेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका २० बर्षीय शिवचन्द्र कृपाल महतो र सरोज महतोबिरुद्व अपहरण तथा शरीर बन्धक, जर्वजस्ती करणी र कर्तव्य ज्यान उद्योग मुद्दा दायर गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ