Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली विद्यार्थी सल्लाहकार काउन्सिल घोषणा

नेपाली विद्यार्थी सल्लाहकार काउन्सिल घोषणा


बिजवेन, अष्ट्रलिया । एनआरएनए अष्ट्रेलियाले नेपाली विद्यार्थी सल्लाहकार काउन्सिल घोषणा गरेको छ । एनआरएनएले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी बारेको योजना, छलफल र हकहितको पक्षमा सल्लाह दिने निकायका रुपमा नेपाली विद्यार्थी सल्लाहकार काउन्सिल घोषणा गरेको जानकारी दिएको हो ।

मुख्य सल्लाहकार विजय सापकोटा, सल्लाहकार क्रमसः सम्राट ओली र प्रकाश अर्याल चयन हुनभएको छ । युवा संयोजक एरशाद अहमद यसअघि नै सल्लाहकार चयन हुनुभएको थियो । मुख्य संयोजक चयन हुनुभएका सापकोटासँग अष्ट्रेलियाको अन्तराष्ट्रिय  विद्यार्थी काउन्सिल सिसाको दुई कार्यकाल अध्यक्ष भएर विद्यार्थी हक हितमा काम गरेको अनुभव समेत रहेको छ ।

सल्लाहकार काउन्सिलको अवधी एक वर्षको हुनेछ । आगामी २९ नोभेम्बर २०२० एनआरएनएको साधारण सभाबाट काउन्सिलको  समय सुरु हुने विज्ञप्तीमा जनाईएको छ । विद्यार्थी सल्लाहकार काउन्सिलको अधिकार र जिम्मेवारी लगायतका विषयमा पछि छलफल गर्ने जानकारी गराईएको छ । यस अवसरमा एनआरएनए अष्ट्रेलियाले अन्य सदस्यहरू थप गर्न सकिने समेत जनाएको छ ।

विद्यार्थी सल्लाहकार काउन्सिल २०२०\२१ मा अध्यक्षका रुपमा अविका कायस्थ (विक) सदस्य सचिवमा रजनी राउत (NT) रहेका छन् । उपाध्यक्षहरुमा क्रमस राज्यअनुसार सिद्धान्त श्रेष्ठ (VIC), अशमा प्रधान (NT), साक्षम सुवेदी (NSW), अरुणा पौडेल (TAS), गौरव दाहाल (ACT),उत्सव थापालिया (WA), विशाल देव (SA) चयन भएका छन् ।
पदाधिकारी र सदस्यको नामावली यस्तो छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ