Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबढ्यो सगरमाथाको उचाई, औपचारिक घोषणाको पर्खाइ

बढ्यो सगरमाथाको उचाई, औपचारिक घोषणाको पर्खाइ


काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति प्रदान गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणाका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको हो ।

नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति अनुसार अब छिट्टै भर्खरै सम्पन्न प्राविधिक जाँचको उचाई सार्वजनिक हुँने आँकलन गरिएको छ । मन्त्रालयका प्रवक्ता जनकराज जोशीले पनि उचाईसम्बन्धी प्राविधिक काम सम्पन्न गरेको र घोषणाका लागि चीनसँग परराष्ट्र मन्त्रालयले समन्वय गर्ने जानकारी दिनुभयो ।

सागरमाथाको उचाई बढेको भनिएपनि कति बढेको हो सार्वजनिक गरिएको छैन । सरकारी अधिकारीहरुका अनुसार चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणका क्रममा यसबारे घोषणा हुनसक्ने गरि तयारी थालिएको छ । हाल सगरमाथाको उचाइ ८८४८ मिटर कायम रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ