Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियाले परास्त गर्यो कोरोना भाईरस

भिक्टोरियाले परास्त गर्यो कोरोना भाईरस


मेलवर्न, कोरोनाको दोस्रो लहरबाट प्रताडित अष्ट्रेलियाको भिक्टोरिया राज्यले कोरोना भाइरसलाई परास्त गरेको छ । पछिल्लो २८ दिनसम्म लगातार एउटा पनि नया कोरोना संक्रमण नदेखिएपछि भिक्टोरियाले आधिकारिक रुपमा कोरोना भाइरस विरुद्धको लडाई जितेको हो ।
२८ दिनसम्म लगातार एउटा पनि सामाजिक रुपमा एउटा पनि कोरोना संक्रमण घटना नभएपछि आधिकारिक रुपमा कोरोनालाई परास्त गरेको भनिने मान्यता छ ।
बिहिबार मात्रै ९ हजार ८ सय २८ जनामा गरिएको परिक्षणमा कसैलाई पनि कोरोना नदेखिएको भिक्टोरियाको स्वास्थ्य विभागले जनाएको छ ।


६ हप्ता लामो कठोर लकडाउन सकेको एक महिना पछि भिक्टोरियाले यो सफलता हासिल गरेको हो ।
अगष्ट महिनामा भिक्टोरियामा ८ हजार भन्दा बढी संक्रमित थिए ।  यस बिचमा ७ सय ५० जनाले ज्यान गुमाए भने १८ हजार भन्दा बढीलाई कोरोना लागेको थियो ।
कोरोनालाई परास्त गरेपनि भिक्टोरियाले तत्कालै सबै प्रतिबन्धहरु ह्टाउने अवस्था देखिएको छैन । प्रिमियर ड्यानियल एन्ड्रयुले डिसेम्बर ६ तारिखमा थप मापदण्ड खुकुलो बनाउने विषयमा घोषणा गर्ने अपेक्षा गरिएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ