Techie IT
Friday June 18, 2021  |   शुक्रबार, असार ४, २०७८
गृहपृष्ठ » Health-lifestyle » अष्ट्रेलियाको बिग बास लिगको तयारीमा रहेका नेपाली क्रिकेटर सन्दीपमा कोरोना संक्रमित

अष्ट्रेलियाको बिग बास लिगको तयारीमा रहेका नेपाली क्रिकेटर सन्दीपमा कोरोना संक्रमित


250 Views

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमित बनेका छन् । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

लामिछानेले गत बुधबारदेखि शरीर दुख्ने समस्या देखिएपनि अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी गराएका छन् । सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’अहिले उनी होम आइसोलेसनमा रहेका छन् ।

नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले पछिल्लो पटक अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को दशौँ संस्करण खेल्नका लागि होबार्ट हुरिकेन्समा अनुबन्धित भएका थिए । यसअघि मेलवर्न स्टार्सबाट लगातार दुई सिजन बिग बास लिग खेलेका सन्दिपको यो तेश्रो सहभागिता हो ।

क्याटेगोरी : Health-lifestyle, Nepal, News, Sports



प्रतिक्रिया दिनुहोस

-Advertisement-