मलेरिया, इबोलासँगै कोरोना विरूद्धको भ्याक्सिन बनाउने एक महिला
काठमाडौं, एजेन्सी । २०१९ को अन्त्य तीर चीनबाट फैलिएको कोभिड–१९ कोरोनाले यतिबेला विश्वलाई आतंकित बनाइरहेको छ । संक्रमितको संख्या ६ करोड २१ लाख पुग्नैलाग्दा यही महामारिबाट साँढे १४ लाखले ज्यान गुमाएका छन् ।
कोरोनाको कहर बढीरहँदा अहिले विश्वभरका नागरिकमा एउटा आशाको सञ्चार भैरहेको छ । त्यो हो कोरोना भाइरसविरूद्धका भ्याक्सिन । अमेरिका, बेलायत र रूसमा बनेका कोरोना भाइरस विरूद्धका भ्याक्सिन अन्यको तुलनामा उपयोगी र प्रभावकारी देखिएका खबरले धेरैको त्रासदी कम गरेका छन् । खोप विकाससँगै कोरोना महामारीको अन्त्य हुने विश्वभरका मानिसको आशा भएपनि जादुमयी तरिकाले कोरोना हराउनेमा भने अहिले नै विश्वस्त भैहाल्ने अवस्था छैन ।
कोरोना खोपको चर्चासँगै पछिल्लो समय विभिन्न समयका महामारिमा भ्याक्सिन उत्पादनमा योगदान दिने बेलायती महिला समेत चर्चामा आएकि छिन् । गत हप्ता बेलायतमा बनेको कोरोना भाइरसको भ्याक्सिन एस्ट्राजेनेकाको प्रभावकारीता ७० प्रतिशत देखिएको निर्माता कम्पनीले जानकारी दिएको छ । ८ डिग्री तापक्रमसँग राख्न सकिने भएसँगै यो भ्याक्सिन विशेषतः गरिब मुलुकका लागि अझ बढी प्रभावकारी हुनसक्ने आँकलन गरिदैछ । अक्सफोर्डमा बनेको भ्याक्सिनको निर्माण तथा यसको परीक्षणको श्रेय सारह गिल्बर्टलाई जान्छ । उनले कोरोना भाइरसको मात्रै नभएर मलेरिया र इबोला विरूद्धको भ्याक्सिन बनाउँन पनि उत्तिकै भूमिका खेलेकी छन् ।
पीएचडीका लागि अध्ययन गर्दा विज्ञान विषय नलिने सोँच बनाएकी उनै गिल्बर्ट यतिबेला चर्चाको शिखरमा छिन् । बिबिसीसँगको अन्तर्वार्ताका क्रममा उनले विज्ञा विषय नलिने सोच बनाएपनि पछि सोही विषयमा फर्किएको बताएकी थिईन् । यदी उनले अध्ययनको विषय मोडेको भए कोरोना अन्त्यबारे शुभ संकेत देखिन केही समय बढी लाग्न पनि सक्थ्यो । सन् १९६२ जुत्ता व्यापारी बाबु र शिक्षिका आमाबाट सारहको जन्म भएको हो ।
सन् १९९० को दशकको बीचमा आइपुग्दा उनले अक्सफोर्ड विश्वविद्यालयमा मलेरियामाथि अनुसन्धान गर्न थालेकी थिइन् । उनको सोही अध्ययनले मलेरियाविरूद्धको भ्याक्सिन बनाउन ठूलो मद्दत पुगेको थियो । यस्तै, २०१४ मा इबोला विरूद्धको भ्याक्सिन बन्नुमा पनि उनको अध्ययन तथा योगदान निक्कै महत्वपूर्ण ठहरिएको थियो । बिबिसीको सहयोगमा
तपाईको प्रतिक्रिया