Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ६३३ मतसहित चन्द्र ढकाल विजयी भएका छन् । शनिबार भएको चुनावको सार्वजनिक मतपरिणाम अनुसार ढकालले आफ्ना प्रतिद्धन्दी किशोर प्रधानलाई १६६ मतान्तरले हराएका हुन् ।

आइएमई ग्रुपका ढकालले ६३३ मत ल्याउँदा पराजित प्रधानले ४६६ मत पाएका छन् । ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत, २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ तथा ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत पाएका थिए । महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघाई विजयी भए । जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रधान पक्षले वर्चस्व जमाएको छ ।

अब प्यान अन्त्य भयो, एक ढिक्का हुन्छौँ
नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले चुनाव सकिएसँगै पक्षधरता र प्यानल अन्त्य भएको घोषणसहित सबैलाई समेटेर महासंघलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चुनाव जितेपछि आइतबार बिहान सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा वरिष्ठ उपाध्यक्ष ढकालले अब शेखर गोल्छाकै नेतृत्वमा महासंघलाई एक ढिक्का बनाएर अघि बढाउने बताउनुभयो । ‘चुनाव हारेपनि आदरणीय दाजु किशोर प्रधानलाई पनि साथै लिएर अघि बढ्छौं,’ ‘मलाइ विश्वास गर्ने सबैमा धन्यवाद ।’ ढकालले भन्नुभयो ।

नेपालका नीजि उद्योगी व्यवसायीहरुको ठूलो छापासंगठन नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । यसअर्थमा वरिष्ठ उपाध्यक्ष ढकालले आगामी कार्यकालमा महासंघको २० औं अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । अहिले भने भवानी राणाको कार्यकाल सकिएर यसअघिका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघको नेतृत्व गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ