Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगर्मी छल्न अष्ट्रेलियाका समुद्री किनारमा भीडभाड, सिड्नीको तापक्रम ४० डिग्री माथी

गर्मी छल्न अष्ट्रेलियाका समुद्री किनारमा भीडभाड, सिड्नीको तापक्रम ४० डिग्री माथी


काठमाडौं, एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा तापक्रम ४० डिग्री सेन्टिग्रेट पुगेसँगै जनजीवन अस्तव्यस्त भएको छ । यो तापक्रम पछिल्लो महिनाको अहिलेसम्मकै उच्च हो ।

अष्ट्रेलियाको मौसम विभागले न्यूनतम रातको तापमान २५ डिग्री सेन्टिग्रेड मापन गरेको छ । गर्मीले न्यु साउथ वेल्स लगायत पूर्वी र उत्तरपूर्वी भागहरूमा अग्नि सेवा निषेध गरिएको छ । दक्षिण अष्ट्रेलिया र भिक्टोरियालगायत देशका अन्य भागहरूमा पनि तापक्रममा पछिल्लो समय क्रमिक रुपमा बृद्धी देखिएको छ । तापक्रम बढेपछि समुद्री किनारमा सर्वसाधारणको ठूलो घुँइचो लाग्न सुरु भएको छ । मानिसहरु दिनभर नुहाउने, पौडी खेल्ने तथा पानीमा भिजेर बसिरहेका हुन्छन् । न्यू साउथ वेल्स स्वास्थ्य विभागले मानिसहरूलाई कोनाभाइरसको सम्भावित संक्रमण रोक्नको लागि भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।

मौसम विभागले उत्तरी एनएसडब्लु र दक्षिणपूर्व क्वीन्सल्याण्डका केही भागहरूमा यो हप्ता अझ तापक्रम बढ्ने जनाएको छ । सिड्नी आसपासको जंगलमा आगलागी हुनसक्ने र यसले तापक्रम अझै बढ्ने भन्दै सर्वसाधारण चिन्तित भएका छन् । कतिपय ठाउँमा लागेको आगो निभाउन नसकिएकाले पनि तापक्रम बढेको कतिपयको आँकलन छ । Pic:BBC\EPA



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ