Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaखुसीको खबर अष्ट्रेलियाले भित्र्याउन थाल्यो विदेशी विद्यार्थी

खुसीको खबर अष्ट्रेलियाले भित्र्याउन थाल्यो विदेशी विद्यार्थी


डार्बिन
कोरोना लक डाउनकै बिच अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीलाई आउने अनुमति दिएको छ । अन्तराष्ट्रिय सिमाना बन्द भएको ८ महिनामा पहिलो पटक अष्ट्रेलियाले पाइलट योजनाका रुपमा ६३ जना अन्तराष्ट्रिय विद्यार्थीलाई आउन दिएको हो ।
चार्टर विमानमार्फत आज बिहान सिंगापुरबाट नर्दन टेरिटोरीको डार्बिनमा विद्यार्थीहरु ओर्लिएका हुन् । ६३ जनामध्ये चीन, हङकङ, भियतनाम, इन्डोनेसिया र जापानका विद्यार्थी छन् । अष्ट्रेलियामा गत मार्च २० देखि विदेशी विद्यार्थीले आउने अनुमति पाएको थिएन । विद्यार्थीलाई हावर्ड स्प्रिङमा १४ दिन क्वारेन्टिनका लागि पठाइएको छ ।
नर्दन टेरिटोरी  सरकारले चाल्र्स डार्बिन विश्वविद्यालयसंग मिलेर अन्तरराष्ट्रिय विद्यार्थीलाई ल्याउने तयारी थालेको थियो । जसका लागि राज्य सरकारले संघिय सरकारसंग अनुमति लिएको हो । विमान चार्टर्डको भाडा विद्यार्थीले तिरे पनि क्वारेन्टिन बस्ने खर्च भने विश्वविद्यालयले नै व्यहोर्ने भएको छ । यसअघि क्यानबेरा र संघिय सरकार मिलेर ३५० अन्तराष्ट्रिय विद्यार्थीलाई पाइलट योजनाका रुपमा अष्ट्रेलिया ल्याउने तयारी भएको थियो । तर, मेलवर्नमा कोरोनाका दोस्रो लहर देखिएपछि यो योजना सफल हुन सकेन । त्यसपछि साउथ अष्ट्रेलियाको यस्तै तयारी पनि सफल हुन सकेको छैन । जनकारहरुले कोरोनाका कारण अन्तराष्ट्रिय विद्यार्थी आउन नपाउदा आगामी तीन वर्षमा अष्ट्रेलियाले शैक्षिक क्षेत्रबाट झण्डै १९ विलियन डलरको राजस्व गुमाउने छ ।
अष्ट्रेलियामा ५ लाख अन्तराष्ट्रिय विद्यार्थीहरु पढिरहेका छन् । उनीहरु मध्ये छुट्टीमा घर फर्किएका तथा नया“ भिषा लागेर बसिरहेका विद्यार्थीहरु लक डाउनका कारण अष्ट्रेलिया आउन पाएका छैनन् । अष्ट्रेलियामा ५० हजार नेपाली विद्यार्थीहरु पढिरहेका छन् । भिषा लागेर नेपालमै लक डाउन खुल्ने समय कुरिरहेका विद्यार्थीहरुको संख्या पनि हजारौंमा छन् । नर्दन टेरिटोरीको यो कदमले अन्य राज्यलाई पनि विदेशमा अड्किएका अन्तराष्ट्रिय विद्यार्थीलाई ल्याउन बाटो खुल्ला गरिदिएको छ । लामो समयसम्म सिमा बन्द हुदा भिषा लागेका तथा भिषाको प्रकृयामा रहेका विदेशी विद्यार्थीहरुले अष्ट्रेलियाको साटो अन्य देशहरु क्यानाडा, अमेरिका तथा बेलायतमा पढ्न जान थालेको समाचार पनि सार्वजनिक भएको छ । यसपनि अष्ट्रेलिया सरकारलाई अन्तराष्ट्रिय विद्यार्थीलाई ल्याउने व्यवस्था मिलाइहाल्नुपर्ने दबाव छ । Photo-ABC News



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ