Techie IT
Monday July 26, 2021  |   सोमवार, साउन ११, २०७८
गृहपृष्ठ » Breaking News » न्यूयोर्कको शिक्षा विभागले सच्यायो बुद्धबारेको गलत विवरण, ‘बुद्ध वाज बर्न इन नेपाल’

न्यूयोर्कको शिक्षा विभागले सच्यायो बुद्धबारेको गलत विवरण, ‘बुद्ध वाज बर्न इन नेपाल’


352 Views

अमेरिका, काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यस्थित माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । समाजसेवी तथा क्विन्स कम्युनिटी वोर्ड–५ का सदस्य ज्ञानल थापाको पहलमा सो राज्यको शिक्षा विभागले त्रुटि सच्याउने निर्णय गरेको हो ।

समाजसेवी थापाले नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता, पहिचान, दिगो विकास र समृृद्धिका लागि जहाँ रहेर पनि सक्रिय रहने सङ्कल्प गर्नुभएको छ । शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ विषयमा ‘बुद्ध वाज बर्न इन इण्डिया’ जस्ता गलत विवरण राखेर पढाउने गरिएको थियो ।

सच्याइएको पाठ्यक्रम अनुसार अब अमेरिकाका विद्यार्थीहरुले ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर पढ्न पाउनेछन् ।

क्याटेगोरी : Breaking News, International, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-