Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रहरी निरीक्षक ध्रुव शर्माविरुद्ध बहुविवाह र भ्रुण हत्याको मुद्धा

प्रहरी निरीक्षक ध्रुव शर्माविरुद्ध बहुविवाह र भ्रुण हत्याको मुद्धा


काठमाडौं, म्याग्दी । बेनी बजारकी स्मृति शर्माले श्रीमानविरुद्ध उजुरी हालेकी छन् । उनले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा पुगेर बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी हुन् ।

शर्माले मङ्सिर पहिलो साता जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट बैदाम प्रहरी चौकी पोखरामा सरुवा भएका प्रहरी निरीक्षक शर्माविरुद्ध बहुविवाह र भ्रुण हत्या गरेको अभियोगमा गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका धनबहादुर थापाले जानकारी दिनुभयो । शर्माले श्रीमानले आफूलाई अन्याय गरेको भनी सामाजिक सञ्जालमार्फत न्यायको अपिल समेत गर्दै आएकी छिन । मुद्धा दर्ता भएसँगै आवश्यक कानूनी प्रक्रिया अघि बढेको जिप्रकाले जनाएको छ । फौजदारी कसुरमा मुद्दा दर्ता भएसँगै शर्मा निलम्बनमा पर्ने कानूनी प्रावधान रहेको छ ।

चिनजानबाट प्रेम, शारीरिक सम्बन्ध हुँदै प्रेम विवाह गरेका शर्मा दम्पत्तिबीच पछिल्लो समय सम्बन्धमा खटपट आएको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । श्रीमानले आफूलाई जबर्जस्ती गर्भपतन गर्न लगाएको, विवाह पश्चात घरमा नलगेको, आफूलाई यातना दिने गरेको र सरुवा भएर गएपछि आफूसँगको सम्पर्क छुटाएर अलपत्र पार्ने काम गरेको भन्दै स्मृतिले सामाजिक सञ्जालमा समेत लेख्दै आएकी छिन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ