Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअब भिक्टोरियामा किनमेल गर्ने ग्राहकको विवरण क्यूआर कोडमा

अब भिक्टोरियामा किनमेल गर्ने ग्राहकको विवरण क्यूआर कोडमा


ब्रिजबेन,अष्ट्रेलिया । कोभिड–१९ को संक्रमण फैलिन नदिन भिक्टोरिया राज्य सरकारले गरिरहेको व्यवसायका ग्राहकहरुको लगत संकलन अब डिजिटल प्रविधि मार्फत हुने भएको छ । यसका लागि विकास गरिएको क्यूआर अर्थात क्वीक रेस्पोन्स कोड ट्रेसिंग सिष्टमले यो कार्यलाई सहज बनाउने भएको हो ।

अहिले व्यवसायीहरुले आफ्नो क्षेत्रमा आएको ग्राहक १५ मिनेटभन्दा बढी बसेमा उनीहरुको विवरण संकलन गरेर सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने प्रावधान छ । यसले स्वास्थ्य अधिकारीहरुलाई कोरोना संक्रमण देखिएको अवस्थामा कन्ट्याक ट्रेसिंग गर्न र परीक्षण गर्नुपर्ने व्यक्तिहरुको पहिचान गर्न सहयोग पुग्दै आएको छ । नयाँ व्यवस्था अनुसार ग्राहकले आफ्नो फोन मार्फत कोड स्क्यान गर्नेछन् जसले उक्त स्थानको विजनेस लिंक खुल्नेछ जहाँ आफ्नो नाम र फोन नम्बर भर्नुपर्नेछ । स्मार्टफोन नहुनेहरुले लिखित रुपमा पनि यो जानकारी दिन सक्ने व्यवस्था मिलाइएको छ ।

व्यवसायीहरुले राज्य सरकारको क्वीआर कोड वेवपेजमा गएर आफुलाई दर्ता गर्न सक्नेछन् । यसरी दर्ता भएका व्यवसायीले आफ्नो व्यवसायको लागि क्यूआर कोड प्राप्त गर्नेछन् जसलाई ग्राहकले स्क्यान गरेर आफ्नो विवरण भर्न मिल्ने बनाइएको छ । यो प्रविधिको विकाससँगै अब हरेक ग्राहकको लगत क्यूआर कोड मार्फत राज्य सरकारको पँहुचमा पुग्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ