Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको परनिर्भरता : पछिल्लो ४ महिनामै साँढे ९ अर्बको चामल आयात

नेपालको परनिर्भरता : पछिल्लो ४ महिनामै साँढे ९ अर्बको चामल आयात


काठमाडौं । प्रधानमन्त्री मन्त्रीदेखी दलका नेताहरु कृषीमा आत्मनिर्भर बन्ने भाषण गरिरहेका छन् । कृषीमा आधारित जनसंख्याको ठूलो हिस्सा रहेको दाबी समेत गरिदैगर्दा नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात गरेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगतको तुलनामा करिब डेढ गुणाले बढी हो । यो अवधिमा १ लाख ९८ हजार मेट्रिक टन (१९ करोड ८३ लाख किलो) चामल आयात भएको देखिन्छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले यो आयात गत वर्षको यसै अवधिको तुलनामा १२० प्रतिशत बढी भएको बताए । गत वर्ष कात्तिकसम्म भारतबाट ९० हजार मेट्रिक टन चामल आयात भएको भन्सारको तथ्यांक छ । यो वर्ष भन्सार विभागले चामलबाट ९० करोड भन्सार राजस्व असुलउपर गरेको छ । गतवर्ष यही अवधिमा ४ अर्ब ९० करोडको चामल आयात हुँदा ३९ करोड रुपैयाँ भन्सार असुली भएको थियो । अर्थविदहरु कृषीमा आत्मनिर्भर बन्ने गफ मात्रै गरेर कृषि क्षेत्रमा लगानी नगर्ने सरकार र निजी क्षेत्रको प्रवृत्तिका कारण चामल आयातमा निरन्तर वृद्धि भएको बताउँछन् । लगानी, अनुदान लगायत सुविधा दिएर कृषकलाई प्रोत्साहन नगरेसम्म चामल लगायतका खाद्यान्नको आयात बढ्ने उनीहरुको दाबी छ ।

भन्सार विभागका महानिर्देशक दाहाल सीमामा कडाइ गर्दा विगतमा जस्तो अवैध रुपमा भित्रिने चामल पनि भन्सार नाका हुँदै आएकोले समेत आयात बढेको हुनसक्ने बताउँछन् । ब्यापारीहरुले महामारीमा आयात गर्न असहज हुने देखेर एकैपटक आयात गरेका कारण समेत उच्चबृद्धी देखिएको भन्सारको बुझाई छ । जनसंख्या वृद्धि र खाने बानीमा आएको परिवर्तनसँगै चामलको माग बढ्नु स्वाभाविक भएपनि हरेक वर्ष धान उत्पादन बढ्दै गएको सरकारी तथ्यांकले यसलाई चुनौती पैदा गरेको छ । धान उत्पादनबारे जिल्ला कृषि ज्ञान केन्द्रहरुले दिनेगरेका तथ्यांक अनुमानमा आधारित हुँदा समेत आयात र उत्पादनको वृद्धिबीच तालमेल नमिलेको कतिपयको बुझाई छ ।

यस्तो थियो नेपालको विगत
कुनै बेला नेपालको चामल निर्यात भएर दक्षिण कोरिया, चीन, मलेसियादेखि अमेरिकासम्म पुग्थ्यो । २०३६ सालसम्म पनि नेपालको चामल विदेशी बजारसम्म पुग्दै आएको देखिन्छ । आर्थिक वर्ष ०३५\३६ मा नेपालले २४ करोड ३८ लाख ६३ हजारको चामल निर्यात गरेको तथ्यांक छ । यसपछि भने नेपालमा चामल आयातमा क्रमिक बृद्धी भएको थियो । आर्थिक वर्ष २०७६\७७ मा झण्डै ३३ अर्ब रुपैयाँ बराबरको धान र चामल आयात भएकोमा चालु आवमा यो आँकडा निकै माथि पुग्ने देखिएको छ ।

अर्थशास्त्री विश्व पौडेल चामल आयातमा भएको बृद्धीले नै आत्तिनुपर्ने अवस्था नआउने भएपनि सिञ्चाईका ठूला परियोजनाहरु बेलैमा निर्माण गरेर धान लगायत खाद्यान्नको आन्तरिक उत्पादन बढाउन सरकारले चासो दिनुपर्ने बताउँछन् । नेपाली चामल स्वस्थकर हुने भएपनि धेरैले यसलाई चिन्न नसकेको कारण यहाँको धान र चामल भारत पुग्ने र उताबाट कम गुणस्तरको चामल नेपाल आउने गरेको दाबी समेत कतिपयले गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ