Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाको दोश्रो लहर : विश्वभर बढ्दै जोखिम, अमेरिकामा संक्रमणको रेकर्ड

कोरोनाको दोश्रो लहर : विश्वभर बढ्दै जोखिम, अमेरिकामा संक्रमणको रेकर्ड


काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६ करोड ६२ लाख २४ हजारबाट उकालो लागेको छ । बितेको २४ घण्टामा मात्रै ६ लाख ६७ हजार ३६१ संक्रमित थपिएका छन् । कोरोनाको अपडेट गरिरहेको वर्ल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १५ लाख २४ हजार २६१ संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ११ हजार ९१२ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ८८ लाख ९१ हजार ८२० रहेकोमा एक लाख ६ हजार ९० जनाको अवस्था गम्भिर छ । अहिलेसम्म चार करोड ५८ लाख ८ हजार २९२ जनाले कोरोना जितेका छन् ।

बढी प्रभावित अमेरिकाको अवस्था
अमेरिकामा शुक्रबार एकैदिन उच्च रेकर्ड बनाउँदै २ हजार ७ सय १८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ८५ हजार ५५० पुगेको छ । उच्च रेकर्ड बनाउँदै पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार २७२ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ४७ लाख ७२ हजारबाट उकालो लागेको छ । ५८ लाख बढी सक्रिय संक्रमित रहेको अमेरिकामा २६ हजार १५३ जनाको अवस्था गम्भिर छ ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको अपिल
आउँदो जनावरी २० देखि नवनिर्वाचित राष्ट्रपति बाइडेनले आफ्नो कार्यकाल सम्हाल्नेछन् । यसअघि नै आफ्नो कार्यकालको एक सय दिन माक्स लगाएर सहयोग गर्न सबै अमेरिकी नागरिकलाई आह्वान गरेका छन् । शनिबार मात्रै पनि राष्ट्रपति बाइडेनले कोभिड विरुद्धको खोप सबैका लागि उपलब्ध हुने भएपनि बाध्यकारी भने नहुने बताएका छन् । एक अध्ययन अनुसार ६० प्रतिशत अमेरिकीहरु कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि तयार रहेको पाइएको छ ।

भारतमा कोरोनाको अवस्था
दोश्रो प्रभावित मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ८ हजार ४१८ पुगेको छ । शुक्रबार मात्रै ३६ हजार ६३८ जना संक्रमित थपिएको भारतमा सोही समयमा ५०९ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म १ लाख ३९ हजार ७३६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । ४ लाख १० हजार सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था गम्भिर छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अपिल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्ताभित्रै सर्वसाधारणलाई कोभिड–१९ विरूद्धको खोप लगाउन थालिने बताएका छन् । यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोभिडको उपचारमा खटेका जनशक्ति, बृद्धबृद्धाहरु र यसका विरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी दिएका प्रधानमन्त्री मोदीले जनस्वास्थ्यका मापदण्डको ख्याल गरेर सुरक्षित बन्न आग्रह गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ