Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियाको प्रतिबन्ध थप खुकुलो बनाइदै, अन्तर्राष्ट्रिय यात्रीमाथी निगरानी

भिक्टोरियाको प्रतिबन्ध थप खुकुलो बनाइदै, अन्तर्राष्ट्रिय यात्रीमाथी निगरानी


ब्रिजबेन, अष्ट्रेलिया । पछिल्लो ३७ दिनदेखी कोरोनाका नयाँ संक्रमित नभेटिएको भिक्टोरिया राज्यले कोभिड १९ कोरोना भाईरसको संक्रमण फैलिन नदिन लगाइएका प्रतिबन्धहरुलाई थप खुकुलो बनाएको छ । भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूले आईतबार कोरोना भाईरस रोकथामका लागि गरिएका प्रतिबन्द्धहरुलाई थप खुकुलो बनाइएको जानकारी दिनुभएको हो ।

सोमबारबाट लागू हुने नयाँ नियम अनुसार अब मास्क लगाउन अनिवार्य हुने छैन । तर, सार्वजनिक स्थल, सपिङ कम्प्लेक्स र सार्वजनिक यातायातमा भने मास्क अझै बाध्यकारी नै छ । यस्तै अब घरमा ३० जनासम्म पाहुनालाई स्वागत गर्न सकिनेछ भने घर बाहिर १ सय जनासम्मको जमघट गर्न छुट दिइएको छ । निजी कार्यालयहरुमा काम गर्नेमध्ये ५० प्रतिशतलाई जनवरी ११ देखि काममा बोलाउन सकिनेछ । विवाह र मृत्यु संस्कारमा कुनैपनि सहभागी संख्या तोकिएको छैन । तर, हरेक गतिबिधिमा भौतिक दूरी भने कायम गर्नुपर्नेछ ।

यसैबीच, शनिबार जर्मनबाट सिड्नी आएका दुई यात्रीहरु क्वारेन्टीनमा नबसी सिधै मेलबर्न आएको घटनाकाले स्वास्थ्य अधिकारीहरुलाई थप सजग बनाएको छ । उनीहरुलाई यतिबेला सेल्फ आईसोलेसनमा राखिएको छ भने मेलबर्न एयरपोर्टको आन्तरिक टर्मिनलमा शनिबार अपरान्ह गएका मानिसहरुलाई सेल्फ आइसोलेसनमा बस्न र कोभिड १९ कोरोनाका लक्षणहरु याद गर्न तथा परीक्षण गर्न अनुरोध गरेर निगरानीमा राखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ