Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली हवाई क्षेत्रलाई कालोसूचिबाट हटाउने प्रक्रिया सुरु भयो : ईयू

नेपाली हवाई क्षेत्रलाई कालोसूचिबाट हटाउने प्रक्रिया सुरु भयो : ईयू


काठमाडौं । युरोपेली युनियन ईयूले नेपालको हवाई क्षेत्रमाथी लगाइएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको पूर्वसन्ध्यामा ईयूले विज्ञप्तिमार्फत हवाई सुरक्षाको क्षेत्रमा नेपालले बनाएको कानुन र व्यवहारमा देखिएको सुधारका आधारमा नेपालको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जानकारी गराएको हो ।

नेपालले कालोसूचीबाट पार पाउन तीन चरण पार गर्नुपर्नेछ । पहिलो चरण अन्तर्गत बेल्जियमको ब्रसेल्समा प्राविधिक कमिटिको बैठक हुनेछ ।दोस्रो चरणमा युरोपेली युनियनको हवाई सुरक्षा एजेन्सीका विज्ञ तथा प्राविधिकले नेपालको भ्रमण गर्नेछन् । ईयूका सदस्य देशबाट हुने यो भ्रमणले नेपालले हवाई सुरक्षाको लागि ईयूका मापदण्ड पूरा गरे नगरेको अवलोकन गर्नेछन् । नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था र स्थलगत अनुगमन टोलीको रिपोर्टका आधारमा तेस्रो चरणमा नेपालमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ईयूको हवाई सुरक्षा समितिमा पेस हुनेछ । यसपछि मात्रै नेपालमाथी कायम रहेको प्रतिबन्ध औपचारिक रुपमा फुकुवा हुनेछ ।

युरोपेली युनियनले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राख्दै आएको छ । नेपाल सरकारले कर्मचारी तहबाट र मन्त्रीस्तरीय तहबाट कालोसूची हटाउने बारे बारम्बार पहल गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ