Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री ओलीले बोलाए सर्वदलिय बैठक, समसामयिक राष्ट्रिय राजनीति बारे छलफल

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलिय बैठक, समसामयिक राष्ट्रिय राजनीति बारे छलफल


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आज सर्वदलीय बैठक बोलाउनुभएको छ । आफ्नै दल नेकपा भित्रको किचलो उत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ११ बजे बिहान सर्बदलीय बैठक बोलाउनुभएको हो ।

ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग वालुवाटारमा छलफल गर्ने बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लो राजनीतिक परिस्थिति र राजनीतिक दलबिचको साँझा धारणा बनाएर राष्ट्रिय समस्याको समाधान खोज्न वालुवाटारमा सर्वदलिय वैठक बोलाइएको बताउनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागी नहुनुभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले राजनीतिक बृत्तमा तरंग पैदा गरेको छ । यसमा राजनीतिक विश्लेषक लगायत धेरैको ध्यानाकर्षण भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ