Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतमा थप शसक्त बन्दै किसान आन्दोलन, १३ औँ दिनमा आज आमहड्ताल

भारतमा थप शसक्त बन्दै किसान आन्दोलन, १३ औँ दिनमा आज आमहड्ताल


एजेन्सी,काठमाडौं । कृषि कानूनको विरोध उत्रिएका किसानहरूले मंगलबार भारतमा आमहड्ताल गरेका छन् । १३ दिनअघि सुरू आन्दोलनलाई केन्द्र सरकारले वेवास्ता गरेपछि किसानहरूले आमहड्ताल घोषणा गरेका हुन् ।

किसान आन्दोलमा भारतका १८ वटा राजनीतिक दलले ऐक्यवद्धता जनाएका छन् । किसान नेता बलवीर सिंह राजोवालले साँझसम्म नै बन्द घोषणा भए पनि चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिने जानकारी दिनुभयो । बन्दमा दूध, सब्जी समेतको आपूर्ति रोक्न आह्वान गरिएको छ । तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह समारोह भने नरोकिने बताइएको छ । केन्द्र सरकारले जारी गरेको कानूनले संयुक्त रूपमा कृषि उत्पादनको विक्री, मूल्य निर्धारण र भण्डारणसम्बन्धी नियमलाई खुकुलो बनाएको छ । यसले कृषि क्षेत्र पूँजीपति वा व्यवसायिक घरानालाई सुम्पिने नियत बोकेको आरोप किसानहरुले लगाएका छन् ।

कृषकहरूलाई खुला बजारमा सहज पहुँच उपलब्ध गराउन मुस्किल पार्नेगरि ल्याइएको कानुन फिर्ता लिन वा संशोधन गर्न किसानहरुले माग गर्दै आएका छन् । सरकारी तर्फबाट कुनै सम्बोधन नहुँदा किसानहरुको आन्दोलन थप शसक्त बन्दैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ