Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको नयाँ नियम, फेसबुक र गुगलले सञ्चारमाध्यमलाई पैसा तिर्नुपर्ने

अष्ट्रेलियाको नयाँ नियम, फेसबुक र गुगलले सञ्चारमाध्यमलाई पैसा तिर्नुपर्ने


एजेन्सी, काठमाडौं । अस्ट्रेलियाले फेसबुक र गुगलले आफ्ना सञ्चारमाध्यमहरुको समाचार उक्त प्लेटफर्ममा राखेबापतको पैसा तिर्नुपर्ने नियम ल्याउन लागेको छ । मंगलबार उक्त योजनाबारे निर्णय गरेको अस्ट्रेलियाले यसै साता संसदमा प्रस्ताव पेस गर्न लागेको हो । अष्ट्रेलियाको प्रस्ताव पारित भएमा स्वत्रन्त्र पत्रकारिताको संरक्षणका लागि विश्वभरमा नै यो पहिलो कदम हुनेछ ।

इन्टरनेट कम्पनीहरुले भने यो योजनाको विरोध गर्दै आएका छन् । प्रस्तावअनुसार ठूला प्रविधि कम्पनीहरुले स्थानीय सञ्चारमाध्यमहरुसँग आफ्नो प्लेटफर्ममा देखिने समाचारको कति पैसा बुझाउनुपर्ने भन्ने विषयमा वार्ता गर्नुपर्नेछ । यदि उनीहरुको बीचमा कुनै सम्झौता हुन नसके सरकारी मध्यस्थकर्ताले उनीहरुको विषयमा निर्णय गर्नेछन् । अस्ट्रेलियाका डिपार्टमेन्ट ट्रेजरीका ट्रिएजर जोस फ्राइडेनबर्गले यो निकै ठूलो परिवर्तन भएको दाबी गर्दै विश्वले अस्ट्रेलियामा यस्तो परिवर्तन कसरी होला भन्ने बारे चासो लिएको जानकारी गराउनुभयो । गत अगष्टमा अमेरिकी प्रविधि कम्पनीहरुले अस्ट्रेलियाले यो नियम ल्याए आफूहरुले अस्ट्रेलियामा दिँदै आएको सेवा नै रोकिदिने चेतावनी दिएका थिए । पछिल्लो समय प्रत्यक्षरुपमा विज्ञापनदाताहरुको सहयोगमा चलिरहेका सञ्चारमाध्यमहरु आम्दानी घटेसँगै समस्यामा छन् ।

अस्ट्रेलियाले सञ्चारमाध्यमहरुको संरक्षणको लागि फेसबुक र गुगलले आफ्ना सञ्चारमाध्यमहरुको समाचार उक्त प्लेटफर्ममा राखेबापतको पैसा तिर्नुपर्ने नियम ल्याएको जनाएको छ । फेसबुकले अस्ट्रेलियाको नयाँ योजना आफूहरुले नियालिरहेको र सञ्चारमाध्यमहरुको संरक्षणको पक्षमा आफूहरु सकारात्मक रहेको बताएको छ भने गुगलले अस्ट्रेलियाको योजनाको पूरा विवरण हेर्न बाँकी रहेको प्रतिक्रिया दिएको छ । समाचार स्रोत : रोयटर्स



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ