Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमार्च १७ सम्म अष्ट्रेलिया भित्रिन र बाहिरिन रोक, विद्यार्थीहरुलाई केही सहुलियत

मार्च १७ सम्म अष्ट्रेलिया भित्रिन र बाहिरिन रोक, विद्यार्थीहरुलाई केही सहुलियत


ब्रिजबेन, अष्ट्रेलिया । कोरोना भाइरसको महामारीपछि अष्ट्रेलियाले लगाएको यात्रा प्रतिबन्ध थप तीन महिना लम्बिएको छ । अष्ट्रेलियाको पछिल्लो निर्णयसँगै मार्च १७ सम्म अष्ट्रेलिया भित्रिन र बाहिरिन रोक लागेको हो ।

अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले वायोसेक्युरीटी इमेरजेन्सी अवधि थप तीन महिना बढाइएको जानकारी दिनुभएको छ । अस्ट्रेलियन सरकारले यसअघि घोषणा गरेको यात्रा प्रतिवन्धको समय डिसेम्बर १७ मा सकिँदै थियो । हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटिले अक्सफोर्डको कोरोना भाईरस खोप फाईजर लगाउन थालिए पनि अझै चुनौती नघटेकाले यात्रा प्रतिबन्ध बढाउन सुझाब दिएको थियो । सोही सुझाबका आधारमा कोरोना नियन्त्रणको प्रयास स्वरुप यात्रा प्रतिवन्ध लम्ब्याइएको बताइएको छ ।

भिक्टोरिया, नर्दन टेरिटोरी लगायतका कतिपय राज्यले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई चार्टर्ड उडान मार्फत अष्ट्रेलिया ल्याउने गरेका छन् । यद्यपी अष्ट्रेलियामा आउने विद्यार्थी संख्यामा कोरोना महामारीको प्रभाव देखिदा आगामी तीन वर्षमा अष्ट्रेलियाले १९ विलियन राजश्व गुमाउने आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ