Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोभिड–१९ विरुद्ध लड्न सबैको आशाको दियो बाल्नुपर्छ : युनिसेफ

कोभिड–१९ विरुद्ध लड्न सबैको आशाको दियो बाल्नुपर्छ : युनिसेफ


एजेन्सी, काठमाडौं । युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले कोभिड विरुद्ध लड्न सबैले आशाको दियो बाल्नुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय महासभाको कोभिड–१९ सम्बन्धी विशेष सत्रमा सम्बोधनका क्रममा कार्यकारी निर्देशक फोरले कोभिड–१९ महामारी नयाँ चरणमा प्रवेश गरेपनि सबैले आशाको दियो बल्नुपर्ने बताउनुभएको हो ।

सम्बोधनका क्रममा फोरले आफ्नो जीवनकालमा देखेका संकटहरुमध्ये कोरोना महामारी एउटा वास्तविक संकटको रूपमा देखा परेको बताउनुभएको थियो । विश्वको जुनसुकै कुनामा बसोबास गर्ने भएतापनि हामी सबैलाई प्रभावित पारिरहेकोले सबै एकजुट हुनुपर्ने उहाँको धारणा थियो । कोभिड–१९ विरुद्वको खोपमा न्युन तथा निम्न मध्यम आय भएका देशहरूको पहुँच सुनिश्चित गर्न युनिसेफ कोभ्याक्स फसिलिटीको अग्रिम बजार प्रतिवद्वतामा आवद्व भएको कार्यकारी निर्देशक फोरले बताउनुभयो । खोप उपलब्ध हुने समयमा कुनै पनि देश नछुटुन भनि सुनिश्चित गर्नको लागि लागिपरेको उहाँको दाबी थियो । खोपको ढुवानी तथा सुई र सुरक्षित बाकसका लागि आवश्यक आर्थिक सहयोग प्रदान गर्न विश्वस्तरबाटै सहयोगको आवश्यकता पर्ने उहाँको धारणा थियो । सबै देशमा कोभिड–१९ विरुद्वको खोपको सुलभ उपलब्धता सुनिश्चित गर्न सरकारहरूले सहकार्य गर्नुपर्नेमा फोरको जोड थियो ।

युनिसेफ झन्डै १०० वटा देशमा नियमित खोप कार्यक्रम तथा प्रकोपको समयमा दिनको लागि हरेक वर्ष २ अर्ब खोप खरिद गर्ने विश्वकै सबै भन्दा ठुलो खोप खरिदकर्ता हो । युनिसेफले खरिद कार्यको समन्वय एवं सहयोग, अन्तर्राष्ट्रिय ढुवानी र राष्ट्रिय स्तरमा गरिने वितरण कार्यमा कोभ्याक्स फसिलिटिलाई सहयोग गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ