Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपर्वतीय दिवस : बदलिँदो मौसम, औद्योगिक गतिविधि र जनसंख्या बृद्धी हिमाल संरक्षणका चुनौती

पर्वतीय दिवस : बदलिँदो मौसम, औद्योगिक गतिविधि र जनसंख्या बृद्धी हिमाल संरक्षणका चुनौती


काठमाडौं । डिसेम्बर ११ अर्थात अन्तर्राष्ट्रिय पर्वतीय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले राष्ट्रसंघको आह्वानमा सन् २००३ देखि मनाउन सुरु गरिएको यो दिवस मार्फत पर्वतीय क्षेत्रमा बस्ने नागरिकको जनजीविका सहज बनाउन र पर्वतीय वातावरणलाई बिग्रन नदिन विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् ।

पर्वतीय क्षेत्र नै पानीको मुख्य स्रोत भएकाले यसको संरक्षणमा जोड दिँदै आइएपनि यो क्षेत्रमा बढ्दैगरेको फोहोरमैलाले चुनौती थपिदिएको छ । पिउन योग्य पानी र जीवनरक्षक धेरै जडिबुटी पर्वतीय क्षेत्रमा नै पाइनेगरेको छ । पृथ्वीको कुल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको कुल जनसंख्यामध्ये १५ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको संयुक्त राष्ट्र संघले जनाएको छ । नेपालको कुल भू–भागको ४३ प्रतिशत भू–भाग पहाडै–पहाडले भरिएको छ । जसको कुल १५ प्रतिशत भू–भाग हिमाली क्षेत्रले ओगटेको छ । नेपाल विश्व पर्वतीय दिवसको एउटा मूल केन्द्रबिन्दु भएको विज्ञहरुको भनाइ छ । विश्वमै स्वच्छ पानी पाउने मुख्य हिमालहरू नेपालमा नै बढी हुनुले नेपालको हिमाली क्षेत्रको विषयमा विश्व समुदायले चासो व्यक्त गर्ने गरेका छन् ।

विश्वमा बदलिँदो मौसमको रंग, तापक्रम तथा समुल प्राणी जगतको जीवनचक्रको मुख्य केन्द्रका रूपमा पर्वतीय क्षेत्रलाई लिइएको छ । पछिल्लो समय जलवायु परिवर्तन र जनसख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा असर पर्न थालेको छ । यही असरलाई न्यूनीकरणमा जोड दिँदै हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाउने गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ