Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभुपाल सिटौलको अध्यक्षतामा एकाको सर्वसम्मत कार्यसमिति, अष्ट्रेलियाका विद्यार्थीलाई के फाईदा ?

भुपाल सिटौलको अध्यक्षतामा एकाको सर्वसम्मत कार्यसमिति, अष्ट्रेलियाका विद्यार्थीलाई के फाईदा ?


ब्रिजवेन,अष्ट्रेलिया । अष्ट्रेलियामा रहेका शैक्षिक परामर्श प्रदायक एजुकेशन कन्सल्टेन्सीहरुको संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलायन्स एकाको अध्यक्षमा भुपाल सिटौल चयन हुनुभएको छ । सर्वसम्मतिले छानिएको नयाँ कार्यसमितिको अध्यक्षमा सिटौँला, उपाध्यक्षमा रामचन्द्र पौडेल, मोहन ढुंगाना, आशिष भण्डारी, सचिवमा कोमल पाठक, सहसचिवमा दिनेश खनाल, कोषाध्यक्षमा योगेन्द्र पौडेल निर्वाचित भएका हुन् ।

सदस्यहरुमा श्रृष्टि साह, भुवनेश्वर सुवेदी, सूर्य खनाल, भुवन पाण्डे, विकास भुजेल र मणि सिलवाल चयन भएका छन् । भवानी ओली, बद्री अर्याल र सञ्जीव शर्मा सम्मिलित निर्वाचन कमिटीले दुई वर्षे कार्यकालका लागि सर्वसम्मतिले एकाको पदाधिकारी चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष भुपाल सिटौलाले एमएनटीभी अनलाईनसँगको अन्तवार्ताका क्रममा सदैव सबैसँग मिलेर काम गर्ने प्रतिवद्धता गर्नुभएको छ । एकामा राजनीति नहुने भन्दै उहाँले व्यवसायिक संस्थाका रुपमा आफ्ना सदस्यहरुको हक, हित र उनीहरुको प्रबद्र्धनमा केन्द्रित हुने बताउनुभएको थियो ।

अष्ट्रेलिया आएका हरेक विद्यार्थीका लागि परामर्स लगायतको गुनासो तथा समस्या सुन्ने पहिलो स्थान नै कन्सल्टेन्सी बन्दै आएका छन् । सुरुवाती तीन वर्षसम्म कन्सल्टेन्सीसँग सहयोग र साहारा माग्ने विद्यार्थी अष्ट्रेलियाको परिवेश बुझिसकेपछि अझ भनौँ टीआर पीआर पाएपछि सक्षम बन्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ