Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपेट्रेलपम्पमा अचानक ट्यांकरमा आगोलागी भएपछि (भिडियोसहित)

पेट्रेलपम्पमा अचानक ट्यांकरमा आगोलागी भएपछि (भिडियोसहित)


काठमाडौं । ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्पमा तेल खन्याउने क्रममा ना ४ ख ९७४ नम्बरको ट्याङ्करको अगाडिको भागमा अचानल आगोलागी हुँदा ट्यांकर र ४ वटा मोटरसाईकल जलेका छन् । तेल खन्याउने क्रममा अचानग लागेको आगोबाट पार्किङ गरेको ४ वटा मोटरसाइकल जल्नुका साथै ट्यांकरमा क्षति पुगेको हो।

मानवीय क्षति भने हुन पाएन । ललितपुर महानगरपालिकाको दमकल, पानी ट्याङ्कर लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको ललितपुरका एसएसपी किरण बज्रचार्यले जानकारी दिनुभयो । सँगैको एउटा घरमा आगोलागीको असर देखिएपनि समयमै आगो नियन्त्रणमा लिएका कारण ठूलो जोखिम टरेको थियो ।

काठमाडौं उपत्यकाको घनाबस्तीमा नजिकै पेट्रोल पम्प भएका कारण एम्बुस शहरका रुपमा समेत चित्रण गर्ने गरिएको छ ।

यस्तो थियो आगोलागीको भिडियो

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ