Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsको हुन् अभिनेत्री वर्षा सिवाकोटीका प्रेमी ? दुई वर्षभित्र बिहे पक्का !

को हुन् अभिनेत्री वर्षा सिवाकोटीका प्रेमी ? दुई वर्षभित्र बिहे पक्का !


काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकि छिन् । एक महिना लामो अमेरिका बसाइका क्रममा अभिनेत्री वर्षाले प्रमी सर्वजनिक गरेकी हुन् ।

विगतमा पनि अमेरिका जाने आउने गर्ने वर्षाको यसपटकको अमेरिका भ्रमणलाई भने धेरैले विशेष भनेका छन् । किनभने, यसपटक उनले प्रेमी सविनजंग थापालाई सार्वजनिक गरेकि थिईन । थापा अमेरिकामा बस्दै आएका छन् । उनीसँगको चिनजान विगत तीन वर्षदेखीको भएपनि प्रेममा रुपान्तरण भएको डेढ वर्ष जति पुगेको वर्षा आफैले स्विकार गरेकी छिन् । आफन्त मार्फत सविनसँग चिनजान गरेकी वर्षा कुराकानी र भेटघाटका क्रममा नजिकिएको बताउँछिन् । अहिले भने दुबैले एकअर्काका परिवारबीच समेत परिचय गराई सकेका छन् ।

अभिनेत्री वर्षा सिवाकोटील बिहे हुने पक्का भएपछि प्रेम सार्वजनिक गरेको जानकारी दिइन् । तर तत्कालै बिहे हुने देखिएको छैन । दुई वर्षभित्र बिवाह गर्ने योजनामा यी प्रेम जोडी रहेको बुझिएको छ । छोटो समयमै कलाकारिता क्षेत्रमा राम्रो छाप छोड्न सफल वर्षा अनावश्यक गसिप, विवाद र लभ अफेयरबाट सधैँ टाढा रहँदै आएकी थिइन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ