Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalउखु किसान सडकमा, भुक्तानीका लागि पटक–पटक मन्त्रीको अल्टिमेटम

उखु किसान सडकमा, भुक्तानीका लागि पटक–पटक मन्त्रीको अल्टिमेटम


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानलाई उखुको भुक्तानी दिएर सो को विवरण पेश गर्न चिनी उद्योगीलाई अन्टिमेटम दिएको समय आज सकिदैछ । उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन थालेको दोस्रो दिन सोमबार मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले सोमबारसम्म भुक्तानी दिन अल्टिमेटम दिनुभएको हो ।

आन्दोलनरत किसानसँग गर्ने भनिएको वार्ता हुन नसकेपछि उद्योगीसँग मन्त्री भट्टले वार्ता गरेका थिए । मंगलबार आज पुनः वार्ताका लागि आन्दोलनरत किसानलाई बोलाइएको छ । मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले २०७६ पुस १८ को सहमति अनुसार भएको भुक्तानीको प्रमाण पेश गर्न मन्त्रीले निर्देशन दिएको बताउनुभयो । मन्त्री भट्टले किसानलाई भुक्तानी दिन भएको ढिलाई बारे समेत उद्योगीहरूसंग प्रष्टीकरण माग्नुभएको थियो । उद्योगीहरूले प्रमाण पेश गर्छौं भनेपछि मंगलबार आज बैठक बोलाइएको छ ।

उद्योग मन्त्रालयले गरेको छलफलमा अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल र श्रीराम सुगर मिलका सञ्चालक विशाल अग्रवाल सहभागी थिए । राकेशको दुई मिलको २२ करोड र विशालको मिलको २७ करोड रुपैयाँ वक्यौता तिर्न बाँकी छ । मन्त्रीसँगको छलफलमा राकेश अग्रवालले गत वर्षको सम्झौतापछि आफूले १८ करोड रुपैयाँ तिरेको र बाँकी रकम पनि तिर्ने प्रतिबद्धता जनाएका थिए भने विशाल अग्रवालले सरकारी कानुनकै कारण भुक्तानी गर्न नसकिएको जिकिर गरेका थिए । उद्योगको जग्गा बिक्री गरेर किसानको पैसा तिर्न मन्त्रालयमा गत वर्ष नै निवेदन दिए पनि प्रक्रिया अघि नबढ्दा बख्यौता गत वर्षदेखि जस्ताको त्यस्तै रहेको विशाल अग्रवालको दाबी थियो ।

लुम्बिनी चिनी मिलका सञ्चालकको निधन भएको र परिवारका अन्य सदस्य सम्पर्कमा नआएकाले यहाँ उखु दिएका किसानको भुक्तानीमा झनै समस्या देखिएको छ । ११ बजे उद्योग मन्त्रालयले आयोजना गर्ने छलफलमा कृषिमन्त्री र गृहमन्त्रीसँगै उद्योगी र उखु किसानको सहभागिता हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ