Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News९ महिनापछि नियमित पूजाका लागि खुल्यो पशुपतिनाथ मन्दिर

९ महिनापछि नियमित पूजाका लागि खुल्यो पशुपतिनाथ मन्दिर


काठमाडौं । कोरोना महामारिसँगै करिब ९ महिना बन्द रहेको पशुपतिनाथ मन्दिर खुला भएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न लकडाउन घोषणा गरिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर नियमित पूजाका लागि खोलिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र भक्तजनले पशुपतिको दर्शन गर्न पाउनेछन् । अनिवार्यरुपमा मास्क लगाउनुपर्नेछ भने दुई मिटरको दूरीमा राखेर दर्शन गराइने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । भक्तजनलाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गराई दर्शनपछि सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर आज खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने कोरोनाको जोखिम कम भएपछि अर्थात केही समयपछि मात्रै खुला हुने पशुपति विकास कोषले जानकारी दिएको छ ।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मात्र मन्दिर खुला गरिएको छ । मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिरमा क्षमापूजा गरेकी थिइन् । क्षमापूजामा पशुपति क्षेत्र विकास कोषले सवा लाख दीप प्रज्वलन गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ