Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतीन जनामा कोरोना संक्रमण, समूदायस्तरमा संक्रमणको आशंकामासहित सिड्नीमा हाई एलर्ट

तीन जनामा कोरोना संक्रमण, समूदायस्तरमा संक्रमणको आशंकामासहित सिड्नीमा हाई एलर्ट


अष्ट्रेलिया । सिड्नीमा तीन जनामा कोभिड १९ कोरोना संक्रमण देखिएसँगै समूदायस्तरमा संक्रमण फैलिएको आशंकासहित हाई एलर्टमा राखिएको छ । गत शनिबार अन्तर्राष्ट्रिय विमान कम्पनीका पाईलटसहितका कर्मचारीहरुलाई विमानबाट होटलसम्म ओसारपसार गर्ने ४५ वर्षीया गाडीका ड्राईभरलाई लक्षण देखिएको थियो । अन्य एक जोडीलाई समेत कोरोना देखिएपछि समूदायस्तरमा कोरोना फैलिएको आशंकामासहित सिड्नीलाई हाई एलर्टमा राखिएको हो ।

पछिल्लो पटक संक्रमण पहिचान भएका जोडी स्वाब परीक्षणपछि पनि आफुलाई आईसोलेट नगरी विभिन्न ठाउँहरुमा गएको पाइएसँगै स्वास्थ्य अधिकारीहरुले ति ठाउँमा पुगेका अन्य व्यक्तिहरुलाई सेल्फ आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरिरहेका छन् । न्यूसाउथवेल्समा गएको डिसेम्बर ३ तारिख यता समूदायमा कोरोना फैलिएको यो नै पहिलो घटना हो ।

यी स्थानमा पुग्नेले परिक्षण र होम आइसोलेसनमा बस्नुपर्ने
स्वास्थ्य अधिकारीहरुले गएको आईतबार पाम बिचको महिला स्नानगृहको चेन्जिंग रुममा विहान ९ बजेदेखि सवा नौ बजेसम्म पुगेका व्यक्तिहरु, पामबिच क्याफेमा आईतबार डिसेम्बर १३ मा १ बजेदेखि ११ बजेसम्म, एभलोन बोलोमा डिसेम्बर १३ तारिख ३ बजेदेखि ५ बजेसम्म, स्नीकी ग्रीन्ड क्याफे एभलोन बिचमा सोमबार डिसेम्बर १४ मा विहान साढे १० बजेदेखि ११ बजेसम्म गएका व्यक्तिहरुलाई परीक्षण गर्न र आईसोलेसनमा बस्न भनेका छन् ।

यता,क्वीन्सल्याण्डले न्यूसाउथवेल्समा तीन जना कोभिड १९ का संक्रमितको पहिचानपछि पनि आफ्नो सिमाना खुल्ला नै राखेको छ । कार्यवाहक प्रिमियर स्टेभेन माईल्सले चिफ हेल्थ अफिसर जेनेट योंग न्यूसाउथवेल्सका आफ्ना समकक्षीसँग सम्पर्कमै रहेको र कोरोना संक्रमणलाई पूर्णरुपमा रोकथाम गरिनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।

यस्तै, वेष्टर्न अष्ट्रेलियाले पनि स्थितिलाई नजिकबाट नियालीरहेको जानकारी दिदै सिमाहरुमा तत्काल प्रतिबन्ध आवश्यक नहुने जनाएको छ । क्रिमसको पूर्वसन्ध्यामा सिमानाहरु बन्द भएमा धेरै मानिसहरु विचल्ली हुने स्थितिलाई मध्यनजर गर्दै र समूदायस्तरमा संक्रमणको एकिन नभएका कारण प्रतिबन्धका नियम तत्काल आवश्यक नपर्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ