Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालसहित एसियाली मुलुकमा कोरोनाविरुद्धको खोप पुग्न एक वर्ष लाग्छ : डब्लुएचओ

नेपालसहित एसियाली मुलुकमा कोरोनाविरुद्धको खोप पुग्न एक वर्ष लाग्छ : डब्लुएचओ


काठमाडौं । नेपाललगायत एसियाली मुलुक कोरोनाविरुद्धको खोपको प्रतीक्षामा रहेको समयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सबैलाई निराश पार्ने अभिव्यक्ति सार्वजनिक गरेको छ । संगठनले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक वर्षसम्म कुर्नुपर्ने जनाएको हो ।

खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेको जनाउँदै बिहीबार संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको जानकारी गएको छ । डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेसी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँग कुराकानी गर्दै यस क्षेत्रमा खोप आउन ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताउनुभयो ।

अमेरिका, युरोप लगायतका कतिपय देशमा कोरोना विरुद्धको खोपको आपत्तकालिन प्रयोगले कोरोनाको त्रासदी कम गर्दैगर्दा डब्लुएचओको पछिल्लो भनाइले एसियाली जनतामा निरासा पैसा गरिदिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ