Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsधनगढी उपमहानगरपालिका क्षेत्रका भूमिहिन सुकुम्बासीले जग्गा पाउने

धनगढी उपमहानगरपालिका क्षेत्रका भूमिहिन सुकुम्बासीले जग्गा पाउने


काठमाडौं,कैलाली । धनगढी उपमहानगरपालिका क्षेत्रका भूमिहीन सुकुम्बासीले जग्गा पाउने भएका छन् । उपमहानगरपालिका र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच जग्गा उपलब्ध गराउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएसँगै यसक्षेत्रका भूमिहिनले जग्गा पाउन लागेका हुन् ।

उपमहानगरपालिकाले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणिकरण गरिने जनाएको छ । उपमहानगरपालिकाले कानूनमा व्यवस्था भएअनुसार स्थानीय तहको सहजीकरण समितिले शुक्रबारबाट काम थालेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो । नगरमा रहेका भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणिकरण गरेर जग्गा हस्तान्तरण गरिने नगरप्रमुख वडले बताउनभयो । काम गर्नका लागि उपमहानगरपालिकामा नै छुट्टै एकाइ गठन गरेर काम थालिने जनाइएको छ ।उपप्रमुख सुशीला मिश्र भट्टले छोटो समयमा धेरै काम गर्नेगरी सम्झौता भएको बताउँदै प्रभावकारी रुपमा छिटो काम गर्नुपर्ने बताउनभयो । कुन क्षेत्रको कस्तो जग्गा कस्ता व्यक्तिलाई हस्तान्तरण गर्ने भन्ने कुरा भूमि सम्बन्धि समस्या समाधान आयोगको कानूनअनुसार गरिने उहाँको धारण छ ।

विगत १० वर्षदेखि बसोवास हुँदै आएको बन क्षेत्र नभएको र हदबन्दी भएको जग्गा मात्रै वितरण गर्न पाइने कानुनी व्यवस्था रहेको छ । अन्यत्र जग्गा जमिन भएका तर जग्गा ओगटेर बसेकाले जग्गा पाउने छैनन् । नदी, खोला, सडक, धार्मिक तथा सांस्कृतिक क्षेत्र वरीपरिको जग्गा हस्तान्तरण गर्न नपाउने व्यवस्था अनुसार नै भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण गरिने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ