Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइटालीमा लकडाउनको घोषणा, प्रधानमन्त्री कोन्टेले भने– ‘बाध्यताको असहज निर्णय’

इटालीमा लकडाउनको घोषणा, प्रधानमन्त्री कोन्टेले भने– ‘बाध्यताको असहज निर्णय’


काठमाडौं, एजेन्सी । युरोपियन मुलुक इटालीमा दोश्रो चरणको कोभिड १९ को महामारि रोक्न भन्दै लकडाउन घोषणा गरिएको छ । नजिकिएको क्रिसमस र नयाँ वर्षमा कोरोना संक्रमण फैलिन नदिन भन्दै सरकारले लकडाउनको घोषणा गरेको हो ।

क्रिसमस अवधिभर इटाली नै ‘रेड जोन’को रूपमा घोषित हुने बताइएको छ । अत्यावश्यक बाहेकका पसलहरू, रेष्टुरेन्ट र बारहरू बन्द हुनेछन् भने अफिस, स्वास्थ्य उपचार र अत्यावश्यक काममा मात्रै हिँडडुल गर्न पाइनेछ । यो अवधीमा भ्रमण पनि सिमित गरिने बताइएको छ । इटालीका प्रधानमन्त्री गुइसेप कोन्टेले इटालीमा लकडाउन गर्नु असहज निर्णय भएको दाबी गर्दै क्रिसमसको समयमा कोरोना झन् बढ्ने भन्दै विज्ञहरू चिन्तित भएकाले बाध्य भएको बताउनुभएको छ ।

कोरोना संक्रमणबाट युरोपियन मुलुकमध्ये सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ । अहिले इटली पुन दोश्रो लहरको चपेटामा परेसँगै विभिन्न प्रतिबन्धात्मक नियमहरु लागू गरिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ