Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्लोभाकियाका प्रधामन्त्री माटोभिक सहित थप दुई मन्त्रीमा कोरोना संक्रमण

स्लोभाकियाका प्रधामन्त्री माटोभिक सहित थप दुई मन्त्रीमा कोरोना संक्रमण


एजेन्सी । स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिकमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ब्रसेल्समा युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि प्रधानमन्त्री माटोभिकमा संक्रमण पुष्टि भएको हो । उहाँले आफू भाइरसबाट सङ्क्रमित भएको शुक्रबार जानकारी दिनुभएको हो ।

सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी हुनुभएको थियो । उहाँलाई सङ्क्रमण पुष्टिभएसँगै सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरु पनि सेल्फ आइसोलेसनमा बसेका थिए । कोरोना सङ्क्रमण पुष्टि भएको ल्यावको कागजको फोटो समेत राखेर सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री माटोभिकले लेख्नुभएको छ, “आज म सङ्क्रमित भएको छु, क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पूरा हुन कठिन हुने देखिएको छ ।”

सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । सङ्क्रमित भएसँगै प्रधानमन्त्रीका धेरै कार्यक्रमहरु स्थगित भएका छन्। प्रधानमन्त्रीको सम्पर्कमा रहेका अन्य मन्त्री तथा उच्च सरकारी पदाधिकारीहरुलाई पनि सरकारले कोरोना परीक्षण गर्न लगाएको छ । यही शिलशिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षा मन्त्री जारोस्लाभ नाडल्टरमा पनि कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

कोरोनाको महामारीका क्रममा स्लोभाकियामा अहिलेसम्म एक लाख ४९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ३ हजार १ सय ५१ संक्रमित शनिबार मात्रै थपिएका हुन ।स्लोभाकियामा कोरोनाका कारण अहिलेसम्म एक हजार ५१० जनाको मृत्यु भएको छ । ७० जना संक्रमितको शनिबार मात्रै मृत्यु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ