Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री ओलीले संसद बिघटन गर्न भन्दै सिफारिस गरेको खुलाशा

प्रधानमन्त्री ओलीले संसद बिघटन गर्न भन्दै सिफारिस गरेको खुलाशा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवले बैठक शुरु भए लगत्तै प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरिएको निर्णय सुनाएर बाहिरिएको जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद बैठकबाट संसद बिघटनको सिफारिस गरिएपनि मन्त्रीहरुले छलफलमा कुनै धारणा राख्न नपाउँदै प्रधानमन्त्री बाहिरिएको बुझिएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमै रहेका बेला संसद बिघटनको सिफारिस हुनुलाई अर्थपूर्ण रुपमा हेरेका छन् । मन्त्रिपरिषद बैठक चलिरहँदा प्रचण्ड, प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबीच छलफल गर्न भन्दै प्रचण्ड बालुवाटार पुगेपनि प्रधानमन्त्रीले संबैधानिक परिसद सम्बन्धी अध्यादेश जस्तै गरि आफ्नो एकलौटी जोडबलमा मन्त्रिपरिषद्मा संसद बिघटनको प्रस्ताव गरेर बाहिरिएको बताइएको छ ।

प्रधानमन्त्री निस्केपछि अहिले पनि मन्त्रीहरु आश्चर्यमा पर्दै बालुवाटारमै आपसमा छलफल गरिरहेका छन् । संसद बिघटनबारेको प्रस्तावमा के उल्लेख छ र राष्ट्रपति समक्ष पुगे नपुगेको बारे औपचारिक धारणा सार्वजनिक भैसकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ