Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsतीन दलले संसद विघटनको कदमविरुद्ध संयुक्त प्रतिवाद गर्ने

तीन दलले संसद विघटनको कदमविरुद्ध संयुक्त प्रतिवाद गर्ने


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध संयुक्त प्रतिवाद गर्ने सहमति गरेका छन् । नेकपाको पहलमा कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने सहमति गरेको हो ।

जसपाका कार्यकारी परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक, निरंकुश रहेको ठहर तीन दलले गरेको भन्दै संसद् विघटनका विरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी बनेको जानकारी दिनुभयो । बैठकमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भएका थिए। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र डा. मीनेन्द्र रिजाल तथा जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी भएका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१)र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेको जानकारीसहित वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति समेत तोकेकी छिन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ