Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रतिनिधिसभा विघटनको निर्णय तत्काल सच्याउन प्रधानमन्त्रीसँग प्रवासी नेपालीको माग

प्रतिनिधिसभा विघटनको निर्णय तत्काल सच्याउन प्रधानमन्त्रीसँग प्रवासी नेपालीको माग


काठमाडौं । प्रवासी नेपालीले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय तत्काल सच्याउन माग गरेका छन् । ३२ देशमा रहेका पार्टी निकट एकता मञ्चका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै प्रवासी नेपालीका तर्फबाट प्रतिनिधिसभा विघटनको कदम जनताको चाहना विपरीत रहेको भन्दै सच्याउन माग गरिएको हो ।

देश कोरोनाको कहरबाट गुज्रिरहेका बेला जनताको पीडामा मल्हम लगाउनुपर्ने सरकार गलत बाटोमा अघि बढेको प्रवासी नेपालीहरुको आरोप छ । प्रवासी नेपाली एकता मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम, पोर्चुगलका सचिव डोलराज भण्डारी, साइप्रसका अध्यक्ष रमिला राई र सचिव केशव ठकुरी, बहराइनका सचिव नारायण विक, युएईका अध्यक्ष बाबुराम विकलगायतले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।

संयुक्त विज्ञप्तिमा २ वर्ष समयावधी भएको संसद त्यो पनि संविधानमा नभएको अधिकार प्रयोग गरेर बिघटन गर्नु लज्जास्पद र अलोकतान्त्रिक भएको उल्लेख गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ