Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसाउनदेखी मंसिरसम्म ६ हजार २८० पर्यटक नेपाल भित्रिए, अष्ट्रेलियाबाट मात्रै १३५ जना

साउनदेखी मंसिरसम्म ६ हजार २८० पर्यटक नेपाल भित्रिए, अष्ट्रेलियाबाट मात्रै १३५ जना


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात साउनदेखी मंसिरसम्म ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार यस अवधिमा अमेरिकाबाट सबैभन्दा बढी १ हजार ३१७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । बेलायतबाट ९ सय १ जना, चीनबाट ५ सय ७६ जना र भारतबाट ४३१ जना पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ ।

टर्कीबाट ३०३ जना पर्यटक नेपाल आउँदा पछिल्लो ५ महिनामा अष्ट्रेलियाबाट १ सय ३५ जना पर्यटक नेपाल भ्रमणमा आएको पाइएको छ । रसियाबाट १८०, फ्रान्सबाट १३५, जर्मनी र जापानबाट १ सय ८, जोर्डन र माल्दिभ्सबाट १०६, मेक्सिकोबाट ११२, पोर्चुगलबाट १००, श्रीलंकाबाट १०२ जना नेपाल भ्रमणमा निश्किएका छन् । संयुक्त राष्ट्रसंघीय निकायका ११५ जना कर्मचारी नेपाल आएको पाइएको छ । अहिले नेपाल जुनसुकै मुलुकबाट आउने पर्यटकका लागि खुला गरिएकोमा अहिले बेलायतबाट भने नेपाल आउन रोक लगाइएको छ । पछिल्लो समय भारतबाट समेत हवाई उडान सुचारु भएसँगै पर्यटकको आगमन बढ्ने आँकलन गरिएको छ ।

५ महिनामा डेढ लाख बढी नेपाली स्वदेश फर्किए
चालू आर्थिक वर्षको ५ महिनामा १ लाख ५४ हजार २२१ जना नेपाली स्वदेश फर्किएका छन् । यो अवधिमा नेपालबाट ७८ हजार २३४ जना नेपाली विदेश प्रस्थान गरेको तथ्यांक विभागको रेकर्डले देखाएको छ । ५ महिनामा ६१ हजार ३५१ पुरुष र १६ हजार ८७८ जना महिलाले नेपाल छाडेको पाइएको छ । त्रिभुवन विमानस्थलबाट ५ महिनामा नेपाली र विदेशी गरी कुल १ लाख ६० हजार ५ सय १ जना यात्रु नेपाल भित्रिदा ८९ हजार ८ सय ९० जना यात्रु उडान मार्फत विदेश प्रस्थान गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ