Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा थप ९ जनामा कोभिड संक्रमण, प्रतिबन्धको दायरा बढाइदै

सिड्नीमा थप ९ जनामा कोभिड संक्रमण, प्रतिबन्धको दायरा बढाइदै


ब्रिजबेन, अष्ट्रेलिया । कोभिड १९ कोरोना भाईरसका ९ जना नयाँ संक्रमित थपिएसँगै सिड्नीमा प्रतिबन्धको दायरा बढाइएको छ । घरमा एकदिनमा आउन पाउने पाहुनाको संख्या १० बनाइएको छ । यसमा १२ वर्षमुनीका बालबालिकालाई भने समेटिएको छैन । प्रिमियर ग्लेडिस बेरेजिक्लिनले एक घोषणा गर्दै २४ डिसेम्बर अर्थात् आज मध्यरातबाट यस्तो नियम लागू भएको र यो २६ तारिखसम्म कायम रहने घोषण गर्नुभएको हो ।

२६ तारिखपछि भने बालबालिकासहित १० जना मात्र पाउन आउन मिल्नेगरि अझ कडा नियम लागू गर्न लागिएको छ । सिड्नीको नर्दन बिच क्षेत्रमा गएको २४ घण्टामा मात्रै थप ७ जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै सिड्नीमा सक्रिय संक्रमितको संख्या ९७ पुगेको छ । गएको २४ घण्टामा ४२ हजार परीक्षणहरुको नतिजा आएसँगै प्रिमियर बेरेजिक्लिनले स्वास्थ्य अधिकारीहरुको मेहनतको प्रशंसा गर्नुभएको छ । नर्दन बिच क्षेत्रबाट बाहिर जान रोक लगाइएको छ । त्यही आसपासका व्यक्तिहरुको ओहोरदोहोरमा समेत ५ जना सिमा तोकिएको छ । डिसेम्बर २७ बाट भने ग्रेटर सिड्नी क्षेत्रमा जस्तै नियम यहाँ पनि लागू हुने जनाइएको छ ।

यस्तै, साउथ अष्ट्रेलियाले त्यहाँ केही समय अघि फैलिएको कोभिड १९ कोरोना भाईरसको संक्रमण नियन्त्रणमा आएको जनाएको छ । कूल ३३ जनामा कोरोनासंक्रमण देखिएको साउथ अष्ट्रेलियामा गएको २४ घण्टामा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् भने यसअघिका सबै कोरोनामुक्त भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ