Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंसद पुनस्र्थापना नहुँदासम्म अव बृहत नागरिक आन्दोलन जारी रहने

संसद पुनस्र्थापना नहुँदासम्म अव बृहत नागरिक आन्दोलन जारी रहने


काठमाडौं । नागरिक आन्दोलनका अगुवाहरुले संसद विघटनविरुद्धको आन्दोलनलाई निरन्तरता दिदै आएका छन् । विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको बृहत् नागरिक आन्दोलनले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको हो ।

यो आन्दोलनलाई निरन्तरता दिने उनीहरुले प्रतिवद्धता गरेका छन् । बृहत् नागरिक समूहले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गरेको छ । बृहत नागरिक आन्दोलनको पहिलो दिन शनिबार माइतीघर मण्डलामा ‘शंख एपिसोड’सहित कोणसभा सम्पन्न भएको छ । १८ पुससम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिदै लेखक एवं अभियन्ता युग पाठकले १३ पुसमा डम्फु एपिसोड, १५ पुसमा धिमे एपिसोड, १७ पुसमा च्याब्रुङ एपिसोड र १८ पुसमा सडक नाटकसहित सभा गरिने जानकारी दिनुभयो ।

संसद पुनस्र्थापना भएर जनताको सार्वभौम अधिकार जनतामै नफर्किएसम्म नागरिक आन्दोलन जारी रहने बताइएको छ । लेखक, साहित्यकार, कलकार, पत्रकार, अधिकारकर्मीहरू उल्टो हिंडेर संसद पुनस्र्थापनाको माग गरेका थिए । प्रदर्शनमा प्रधानमन्त्रीसँगै राष्ट्रपतिको समेत कार्टून बनाइएको थियो । गत आइतबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको कदमको चौतर्फी विराध भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले गणतन्त्र धरापमा परेको नागरिक अगुवाहरूको ठहर छ ।

यसअघि शुक्रबार मात्रै नागरिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने निर्णय संघीयता, समावेशितालगायतका उपलब्धिका लागि समेत खतरा बनेको जनाएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ