Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचिनियाँ उच्च अधिकारी नेपाल आउँदै, नेकपा फुटेकोमा बिशेष चासो

चिनियाँ उच्च अधिकारी नेपाल आउँदै, नेकपा फुटेकोमा बिशेष चासो


काठमाडौं । नेपालको राजनीतिक घटनाक्रमबारे प्राय मौन बसेको उत्तरी छिमेकी चीनले पछिल्लो राजनीतिक घटनाक्रममाथी भने बिशेष चासो राख्न थालेको छ । यहि चासोसहित चीनिया उच्च अधिकारी आइतबार काठमाडौं आउदैछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली नेकपाक विभाजनमा विशेष चासो राख्दै काठमाडौं आउन लागेको बताइएको छ । नेकपा दुई टुक्रा भएसँगै चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गर्दै आएको छ । उपमन्त्री येचौकोले नेकपाका शीर्ष नेताहरुसँगै भेट्ने भ्रमण तालिका रहेको छ । भ्रमणबारे नेकपा र काठमाडौंस्थित चिनियाँ दूताबासले खुलाएको छैन ।

यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेर पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने चासो राखेकी थिइन् । चीनले संसद विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन । चिनियाँ सरकारी सञ्चारमाध्यममा प्रकाशित सामाग्रीहरुले पछिल्लो घटनाक्रमप्रति चीन खुसी छैन भन्ने स्पष्ट सन्देश भने दिदै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ