Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसक्रिय संक्रमित २ करोड २० लाख बढी, कोरोनाको नयाँ प्रजातिको त्रास विश्वभर

सक्रिय संक्रमित २ करोड २० लाख बढी, कोरोनाको नयाँ प्रजातिको त्रास विश्वभर


काठमाडौं । विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख ४७ हजारबाट उकालो लागेको हो । यीमध्ये १ लाख ५ हजार ५३६ को अवस्था गम्भीर पाइएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ७ लाख १७ हजार नाघेको छ । यो खवर तयार पार्दासम्म कोरोना जित्नेहरुको संख्या ५ करोड ६९ लाख ८ हजारभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख २१ हजार ६३७ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ८८ संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख ६४ हजार ६२१ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १ लाख ६० हजार ६०४, युेकेमा ३४ हजार ६९२, रसियामा २९ हजार २५८, भारतमा १८ हजार ५७४ संक्रमित थपिएका छन् । युरोपेली मुलुकमा अन्य देशको तुलनामा मृत्युदर र संक्रमण उच्च देखिएको छ ।

चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २१८ मुलुक तथा प्रशासित क्षेत्रमा फैलिरहँदा खोप निर्माण र प्रयोगले पनि तीव्रता पाइरहेको छ । तर, कोरोना भाइरसको नयाँ प्रजातिसमेत फेला परेपछि विश्वभर चिन्ता बढ्न थालेको छ । बेलायत र फ्रान्समा देखिएको कोरोना भाइरसको नयाँ प्रजाती हाल युरोपका स्पेन, स्वीडेन र स्विजरल्याण्डमा समेत देखिदा कोरोनाको दोश्रो लहरसँगै नयाँ प्रजातिको संक्रमणले झनै असर पार्ने आँकन गर्न थालिएको छ । न

याँ खालको कोरोना भाइरस संक्रमणका कारण कोरोनाको सुरुवाती चरण जस्तै अधिकांश युरोपेली मुलुकहरुले विभिन्न प्रतिबन्धात्मक नियम लागू गरेर संक्रमण रोकथामको प्रयास जारी राखेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ