Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा नयाँ वर्षको आतिसबाजी ७ मिनेट मात्र । पास बिना प्रवेश नपाइने

सिड्नीमा नयाँ वर्षको आतिसबाजी ७ मिनेट मात्र । पास बिना प्रवेश नपाइने


सिड्नी
अग्रेजी नयाँ वर्षलाई स्वागत गर्न सिड्नीको हार्वर ब्रिजमा गरिने फायर वर्क्स अर्थात आतिसबाजी हेर्न विश्वभरीबाट हजारौ मानिस आउने चलन छ । तर, लाखौ मानिसले प्रत्यक्ष हेर्ने आतिसबाजी यो वर्ष भने कोरोनाका कारण सुनसान वातावरणमा गरिने भएको छ । आतिसबाजी हेर्नका लागि केही विशेष मानिसलाई पासको व्यवस्था गरिने छ ।
यो वर्ष यसअघि भन्दा झण्डै आधा समय अर्थात ७ मिनेटमात्र फायर वक्स् गरिने अधिकारीहरुले जानकारी दिएका छन् ।
केही सातायता सिड्नीको नर्थद विचमा केही मानिसमा कोरोना संक्रमण भएपछि सिड्नीमा व्यापाक सर्तकता अपनाइएको छ । जसले न्यु इयर इभमा गरिने आतसबाजी पनि प्रभावित भएको हो ।
यसअघि न्यु साउथ वेल्स सरकारले कोरोनाको लडाईमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी र प्रहरीलाई फायरवक्स् हेर्न विशेष स्थानको व्यवस्था गरिने घोषणा गरेको थियो । तर, कोरोनाका जोखिम बढ्दै गएपछि सोमबार पत्रकार सम्मेलन गर्दै न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बरिजेक्लियनले उक्त घोषणा रद्द गरिएको बताउनुभयो । ‘अर्को कुनै मौकामा हामी ती बहादुर अग्रमोर्चाका कर्मचारीहरुलाई सम्मान गर्नेछौ’- ग्लाडिसले भन्नुभयो ।

सिड्नीको मुख्य व्यापारिक केन्द्र सिबिडी प्रवेशमा रोक

नयाँ वर्षको पुर्वसन्ध्या इभमा सिड्नीको मुख्य व्यापारिक केन्द्र सिबिडी प्रवेशमा रोक लगाइएको छ । कोरोनाको जोखिम कम गर्न यस्तो निर्णय लिइएको स्थानिय सरकारले जनाएको छ । विशेष मानिसलाई स्थानिय सरकारले पासको व्यवस्था गरेको छ । पासवालाले सिड्नी हार्वरमा गएर फायरवक्स् हेर्न सक्नेछन् । उनीहरुले पनि कोभिड मापदण्ड कडाईका साथ पालना गर्नुपर्नेछ । आतिसवाजी प्रत्यक्ष हेर्न नपाए पनि टेलिभिजन गरिने प्रत्यक्ष प्रशारण हेरेर चित्त बुझाउन सकिनेछ । Photo-abc


ट्याग : #fire works, #new year eve 2021, #sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ